Skip to main content

Purbi Garjan

प्रहरीको मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी, सशस्त्रले बरामद गरेपछि खुल्यो रहस्य

बिर्तामोड – इलामका सामुदायिक वनबाट प्रहरीकै संलग्नतामा झापातर्फ काठ तस्करी हुने गरेको खुलासा भएको छ। स्थानीय सचेत युवाहरूले पत्रकार सम्मेलनमार्फत यस्तो आरोप सार्वजनिक गरेका हुन्।

रोङ गाउँपालिका–२ स्थित बर्फल्याङ सामुदायिक बनलगायतका वन क्षेत्रबाट काठ तस्करी भइरहेकाबारे बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरी जानकारी दिइयो। युवाहरूले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तस्करी रोक्न प्रयास गर्दा प्रहरीकै मिलेमतोका कारण धम्की र फसाउने प्रयास भइरहेका छन्।”

गत साउन ३ गते बिहान स्थानीय युवाको सक्रियता र सशस्त्र प्रहरी अर्जुनधाराको सहयोगमा अर्जुनधारा–१ बाट मे १ ज ११६५ नम्बरको पिकअपमा लोड गरिएको सखुवाको ३८.४८ क्युफिट चिरान काठ बरामद गरिएको थियो। बरामद काठ प्रहरीलाई जिम्मा लगाइएको थियो।

तर, बर्फल्याङ प्रहरी चौकीका असई छत्रा श्रेष्ठसहितका केही प्रहरी र राजनीतिक नेताले तस्करलाई उन्मुक्ति दिनुका साथै सवारी साधन छुटाउने प्रयास गरिरहेको आरोप लगाइएको छ। घटनामा बर्फल्याङ सामुदायिक बनका पूर्वअध्यक्ष लक्ष्मीकान्त घिमिरेको संलग्नता रहेको दाबी पनि गरिएको छ।

पत्रकार सम्मेलनमा स्थानीयहरूले भने, “तस्करी विरुद्ध आवाज उठाउने हामीलाई धम्की दिइएको छ। जिल्ला प्रहरी कार्यालय इलाम र सब डिभिजन बन कार्यालय सुरुङगाले समेत बेवास्ता गर्दा समस्या बढेको छ।”

युवाहरूले असईमाथि अहिलेसम्म छानबिन नहुनु र तस्कर कानुनी दायरामा नआउनु गम्भीर प्रश्न भएको बताएका छन्। पत्रकारलाई घटनास्थल अवलोकन गर्न र सम्बन्धित निकायसँग जबाफदेहिता खोज्न आग्रह गरिएको छ।

कार्यक्रममा दिनेश लामिछाने, नारदमणि दाहाल, कर्णबहादुर खड्का, सुशन विष्ट, कमल श्रेष्ठ, राम खड्का, मदन कार्की, तेजकुमार आचार्य, राजन गुरुङ (टार्जन), भवानी अधिकारी र श्याम ढकाललगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali