Skip to main content

Purbi Garjan

सर्वोच्चमा विचाराधीन कबिर आश्रमको जग्गा विवाद : कनकाई नगरपालिकाको डोजर प्रकरणले मच्चायो विवाद

झापा । झापाको कनकाई नगरपालिकाले कबिर आश्रमको जग्गामा बसेका सुकुम्बासीहरूले रोपेको धानबालीमा डोजर लगाएर नष्ट गरेको घटनाले सामाजिक तथा राजनीतिक तहमा तीव्र प्रतिक्रिया ल्याएको छ। सो जग्गा सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला स्थानीय सरकारले बल प्रयोग गरेपछि यसले थप विवाद उत्पन्न गराएको हो।

सुकुम्बासी र विप्लव नेकपाको विरोध

घटनाको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टी झापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरी डोजर लगाइएको घटनाप्रति घोर आपत्ति जनाएको छ। नेकपा झापा जिल्ला इञ्चार्ज सुमनसिंह पौडेलले कनकाई नगरपालिकाको कदमलाई “गुण्डागर्दीपूर्ण, अमानवीय र सर्वहारा विरोधी” भन्दै आपत्ति जनाए।

पत्रकार सम्मेलनमा सुकुम्बासी प्रतिनिधिहरूले आफूहरूले दशकौँदेखि भोगचलन गर्दै आएको जमिनमा रोपिएको धानबाली बलपूर्वक नष्ट गर्नु क्रूरता भएको बताए। पीडितहरूलाई पुनः खेती गर्न आग्रह गर्दै नेकपाले आवश्यक परेमा प्रतिरोधको चेतावनीसमेत दिएको छ।

नगरपालिकाको स्पष्टीकरण

विवादपछि कनकाई नगरपालिकाले पनि पत्रकार सम्मेलन गर्दै आफ्ना तर्कहरू सार्वजनिक गरेको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, कबिर आश्रम व्यवस्थापन समितिको लिखित आग्रहपछि मात्रै सो क्षेत्रको व्यवस्थापन गरिएको हो।

“सार्वजनिक सम्पत्तिको रक्षा गर्नु स्थानीय सरकारको संवैधानिक दायित्व हो,” पोखरेलले भने, “यसलाई राजनीतिक उद्देश्यसाथ विप्लव ननेकपाले उपयोग गर्न खोज्नु गलत हो।”

कबिर आश्रम र जग्गा विवरण

२०२० सालमा देवीप्रसाद उप्रेतीले कबिर आश्रमका नाममा ४ बिगाहा जग्गा दर्ता गराए पनि २०५२ सालको सरकारी नापीमा केवल २ बिगाहा १६ कठ्ठा मात्र मापनमा परेको विवरणहरू सार्वजनिक भएका छन्।

त्यस जग्गाभित्र देवेन्द्र मिश्र, दिनेश शिवाकोटी, सरस्वती ठाकुर, दिनेश मैनाली, नैनकला मिश्र, दयाराम उप्रेती, मोहन सिवाकोटीलगायत ९ घरधुरी सुकुम्बासीहरू बसोबास गर्दै आएका छन्।

कानुन व्यवसायीहरूको भनाइमा, सर्वोच्च अदालतमा विचाराधीन मुद्दा रहेका बेला यसरी प्रशासनले बल प्रयोग गर्नु उपयुक्त होइन। उनीहरू भन्छन्, “स्थानीय सरकारलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अधिकार भए पनि कानुनी फैसला नआएसम्म हस्तक्षेप गर्नु न्यायिक मर्यादाविपरीत हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali