Skip to main content

Purbi Garjan

विर्तामोडबाट फेरि प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित एक व्यक्ति पक्राउ

विर्तामोड – झापाको बिर्तामोड नगरपालिका–५ स्थित कंचन टोलमा प्रतिबन्धित लागू औषध ट्रामाडोल (Tramadol Hydrochloride Capsules I.P. – Tramol-50) को ठूलो मात्रामा भण्डारण गरिएको विशेष सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आज बिहान १०:२० बजे लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजेन्द्र पंथाकको घरमा छापा मारेको हो। छानबिनका क्रममा घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनी कागजका कार्टुनले ढाकी लुकाइएको अवस्थामा २०,००० (बीस हजार) थान ट्रामाडोल क्याप्सुल फेला पारिएको प्रहरीले जनाएको छ।

४६ वर्षीय पंथाकलाई नियन्त्रणमा लिएर अनारमनीस्थित प्रहरी कार्यालयमा राखिएको छ भने घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। यसअघि पनि प्रहरीले विर्तामोडकै एक घरबाट ठुलो मात्रामा ट्रामाडोल सहित लागूऔषध बरामद गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali