Skip to main content

Purbi Garjan

बदलिनेले नेतृत्व गर्छ, नबदलिने बढारिन्छ – महामन्त्री शर्मा

झापा / ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा अज आयोजित “जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल” विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,”अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।”

एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।” सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो ” उहाँले भन्नुभयो,” प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता दिनुस् ।” उहाँले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व नभए युवाले गरेको अभुतपूर्व आन्दोलन र बलिदानको उपेक्षा हुने बताउनुभयो ।

काँकडभिट्टामा निर्माणाधीन खेल मैदानको नामाकरण जेनजी आन्दोलन स्मरण रंगशाला राखिने उद्घोष गर्दै शर्माले मुलुकको पूर्वीनाका काँकडभिट्टामा सहादत जेनजी युवाको स्मारक निर्माण गरिने बताउनुभयो । ” मुलुकको पूर्वीद्वारमा जेनजी युवा सहिदको स्मारकसहित रंगशाला निर्माण गरेर देशविदेशमा नयाँ सन्देश दिइनेछ ।” उहाँले भन्नुभयो ।

पार्टीमा संसद पुनस्थापना हुनु पर्ने मत पनि रहेको उल्लेख गर्दै आफूहरू नयाँ म्यान्डेटको पक्षमा दह्रोसँग उभिएको र निर्वाचनको विकल्प नभएको शर्माले स्पष्ट पार्नुभयो । ” पार्टीमा संसद पुनस्थापना हुनुपर्छ भन्ने मत पनि छ ” उहाँले भन्नुभयो, ” २०७९ को म्यान्डेटको औचित्य समाप्त भइसक्यो नयाँ निर्वाचन नै अबको निर्विकल्प समाधान हो ।” संसद पुनस्थापनामा आफ्नो कहिल्यै समर्थन नहुने उहाँले स्पष्ट पार्नुभयो । महामन्त्री शर्माले माग एउटा र मुड अर्को नबनाउन नेतृत्व र अन्य दलका नेतालाई आग्रहसमेत गर्नुभयो ।

आन्दोलनको शक्ति हाइज्याक र मुद्दा अपहरित हुने सम्भावना प्रति सचेत रहन जेनजी पुस्तालाई आव्हान गर्नु भएको उहाँले आन्दोलनकारी युवा शक्तिलाई विश्वासमा लिन नसके देशमा द्वन्द्व बढ्ने औल्याउनुभयो । ” युवा आन्दोलनको शक्ति हाइज्याक गर्ने र मुद्दा अपहरित गर्ने प्रयास भएका छन्, यो द्वन्द्व बढाउने योजना हो ” उहाँले भन्नुभयो,” राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई शुभकामना छ, जेनजीको निर्दोष भावना माथि दोष लगाउने कर्म कहिँ कटैबाट हुनुहुँदैन, यो बेला जेनजी पुस्ता चनाखो बन्नैपर्छ ।”

अनमोल जीवनको ह्रदयविदारक अन्त्य, काख रित्तिएको घटनाले मन जलिरहेको उल्लेख गर्नुभएको शर्माले यस्तो घटना रोक्न नसकेकोमा क्षमायाचना गर्नुभयो । उहाँले भन्नुभयो, ” म मन्त्री थिइनँ, दोषी छैन भनेर मैले पन्छिन मिल्दैन, आत्मालोचित छु, दोषीलाई कारबाही हुनैपर्छ ।” उहाँले दमन गर्ने, अबोध बालबालिकामाथि गोली हान्न आदेश दिनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभयो । शर्माले तोडफोड र आगजनीलाई कहिल्यै स्वीकार्न नसकिने बताउनुभयो ।

महामन्त्री शर्माले मंसिरमा महाधिवेशन गर्ने वा निकासका लागि विशेष महाधिवेशन भन्ने विषयमा पार्टी वैठकले उपयुक्त निर्णय गर्ने विश्वास दिलाउनुभयो । जेनजी पुस्ताको जुलुसमा जानेलाई क्रियाशील सदस्यता दिन सुझाव दिनुभएको उहाँले तोडफोड र आगजनीमा सम्लग्न कांग्रेस कार्यकर्तालाई भविष्यमा पनि अयोग्य हुने गरेर पार्टीबाट निस्कासन गर्न निर्देशन दिनुभयो ।

उहाँले केन्द्रदेखि चिया पसलसम्म नै सुधारको खाँचो औल्याउनु भयो । महामन्त्री शर्माले संसद भवन, सिंहदरबार, सर्बोच्च अदालत जलेको अगाडि आफ्नो घर जल्नुलाई आफूले सामान्य रुपमा लिएको बताउनुभयो। आफू संसदमा बेदाग गएको र अढाई वर्षमा नै फर्केपनि बेदाग फर्किएको उहाँको भनाइ छ । कहिल्यै लाभको पदमा नबसेको र आफूले भ्रष्टाचार नगरेको जिकिर गर्दै उहाँले धुलाबारीको घर बनाएको पैसा कहाँबाट आयो भनेर खोज्न धुलाबारीमोडमा रहेको कृषि विकास बैक जान र बुज्न चुनौती दिनुभयो ।

युवा र पार्टीका विभिन्न तहमा रहेका २६ जनाले मत राकेको कार्यक्रममा कांग्रेस झापा १ का सभापति इन्द्र बुढाथोकी, सचिव राजन भट्टराईले भदौ २३ गते पछिको क्षेत्रको अवस्था र अन्तरक्रियाको औचित्य प्रष्ट्याएका थिए । सहभागीले महाधिवेशन, विषेश महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन सक्ने अवस्था नभए पार्टी विभाजन गरेरै भएपनि महामन्त्रीद्वय शर्मा र गगन थापालाई नेतृत्व लिन दबाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali