Skip to main content

Purbi Garjan

झापामा रात्रि बस दुर्घटना : १९ जना घाइते, ६ जना सकुशल गन्तव्यतर्फ

झापा, ११ कार्तिक । झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० स्थित माईधार चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिकालीन बस दुर्घटनामा परेको छ। मङ्गलबार बिहान करिब ४:०० बजे प्र.१–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा १९ जना यात्रु घाइते भएका छन्।

बसमा जम्मा २५ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रुहरू सकुशल रूपमा आ–आफ्नो गन्तव्यतर्फ गएका छन्। बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

 

दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई पल्टिएको अनुमान गरिएको छ।

घाइतेहरूको विवरण यसप्रकार छ:
बस चालक राजु भुजेल (३९), झापा मेचिनगर–६ — टाउकोमा चोट, अवस्था मध्यम
अम्बर बहादुर बुढाथोकी (६५), रामेछाप मन्थली–१० — घाँटी र ढाडमा चोट, अवस्था मध्यम
इक्षा लिम्बु (१७), झापा गा.पा.–३ — निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम
भिम प्रसाद पुरी (३५), रामेछाप मन्थली–९ — बायाँ करङमा चोट, अवस्था मध्यम
रबिलाल गनेस (२०), झापा कचनकवल–४ — टाउकोमा चोट, अवस्था मध्यम
मिटु खत्री (६५), रामेछाप ठाडादेवी–३ — ढाडमा चोट, अवस्था मध्यम
परिना गनेस (२१), झापा कचनकवल–४ — टाउको र ढाडमा चोट, अवस्था मध्यम
सिमित्रा खड्का कार्की (३६), बिर्तामोड–१० — हात र खुट्टामा चोट, अवस्था सामान्य
एलोन कार्की (९) — टाउको र छातिमा चोट, अवस्था मध्यम
प्रदिप बहादुर बस्नेत (३०), दोलखा बैनेश्वर–३ — टाउकोमा चोट, अवस्था मध्यम
अनु श्रेष्ठ (८), रामेछाप देउराली — टाउकोमा चोट, अवस्था सामान्य
कुमार बस्याल (२८), दोलखा तामाकोशी–३ — छातिमा चोट, अवस्था सामान्य
भेमा राजबंसी (२७), झापा कचनकवल–६ — छाति र कुममा चोट, अवस्था मध्यम
रामकुमार श्रेष्ठ (३५), बिर्तामोड–५ — छाति र तिघ्रामा चोट, अवस्था सामान्य
रिदम श्रेष्ठ (९) — हात र खुट्टामा चोट, अवस्था सामान्य
पुर्ण बहादुर नेपाली (२३), बिर्तामोड–५ — टाउको र कुममा चोट, अवस्था सामान्य
सितल नेपाली (१८) — बायाँ आँखाको डिलमा चोट, अवस्था सामान्य
अबिसेक राजबंसी (२१), बाह्रदसी–५ — नाकमा चोट, अवस्था सामान्य
श्यमलाल किस्कु (१८), झापा गा.पा.–२ — टाउकोमा चोट, अवस्था सामान्य
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
ne_NPNepali