Skip to main content

Purbi Garjan

देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो भने शान्ति सम्झौताको पालना गरौं

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले देशलाई अर्को बिद्रोहको बाटोमा नधकेल्ने हो र जेनजी बिद्रोहको मागलाई सम्बोधन गर्ने हो भने बिस्तृत शान्ति सम्झौताका सहमतिलाई पालना गर्नुपर्ने बताएको छ।सरकार र माओवादी बिच शान्ति सम्झौता भएको १९ बर्ष पुगेको सन्दर्भमा महासचिव विप्लवले आज एक प्रेस बक्तव्य जारी गरी सहमतिको पालना र कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो।

महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा बर्तमान राजनीति संकटको निकासका लागि ६ बुदे प्रस्ताव समेत सार्वजनिक गरिएको छ।जस अनुसार सुशीला नेतृत्वको सरकारका ठाउँमा सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने,वर्तमान संविधान संशोधन गरी उच्चस्तरिय निकाय खडागरी संविधान पुनर्लेखन गर्नुपर्ने,अग्राधिकार सहितको समाजवादी संघीयता, पूर्ण समानुपातिक र समावेसी राज्य पुनर्संरचना गर्नुपर्ने कुराहरू उल्लेख छन् ।

संविधानमा नयाँ शासकीय स्वरुप सुनिश्चित गरी प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्ने, राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज र पुनरावलोकन गरिनुपर्ने र भ्रष्टाचारीहरुलाई सर्वोस्वहरणसहित जन्मकैद गरिनुपर्ने बताइएको छ।

त्यस्तै जारी बिज्ञप्तिमा सरकार र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुदे सहमति लागु गर्दै शान्ति सम्झौतामा देश र जनताका हितमा उल्लेख भएका बिषय पुरा हुनुपर्ने अन्यथा अर्को बिद्रोहको परिस्थिति अनिवार्य आउने समेत बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali