Skip to main content

Purbi Garjan

अन्तर मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माविलाई

काँकरभिट्टा । झापाको मेचीनगर -६ स्थित एमीटी पब्लिक स्कुलको आयोजनामा  सम्पन्न अन्तर–मावि भलिबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले हात पारेको छ।

आइतबार एमिटी पब्लिक स्कुल, काँकरभिट्टाको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा आदर्श मावि, इटाभट्टा विजेता बन्न सफल भएको हो।

फाइनल खेलमा आदर्शले सरस्वती मावि, बाहुनडाँगीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि वडा सदस्य ध्रुव राई, विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष धर्मराज माझीलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आदर्श माविका रुपेश गौतम घोषित भएका छन्।

कार्यक्रमको समापन समारोहमा विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए।
सो अवसरमा प्रमुख अतिथि राई, प्याब्सन अध्यक्ष माझी, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरे, जीआर धिताललगायतले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस किसिमका कार्यक्रम आवश्यक रहेको बताउँदै विद्यालयलाई धन्यवाद व्यक्त गरेका थिए।

समापन कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुवर्ण भट्टराईको अध्यक्षता र को–अर्डिनेटर सीता अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali