Skip to main content

Purbi Garjan

मेचीनगरमा शनिबार “थर्ड क्रस कन्ट्री रेस -२०८२” हुँदै

मेचीनगर । RUN FOR FUN, UNITY, BROTHERHOOD & SISTERHOOD भन्ने नारा सहित 3rd Cross Country Race 2082 आगामी मंसिर २७ गते शनिबार बिहान ७ बजे हुने भएको छ । United Youth Open Scout Crew, धुलाबारी को आयोजनामा हुन लागेको यो तेस्रो संस्करणका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यसअघि २०७४ श्रावण २८ गते पहिलो संस्करण र २०७५ भदौ १६ गते दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको रेन्जर शिवानी देवानले जानकारी दिइन् । यस्तै कार्यक्रमले युवा–किशोरमा अनुशासन, आपसी मित्रता, भातृत्व र भगिनीत्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।

स्काउटिङ्गको उद्देश्यसहित १६–२५ वर्ष उमेर समूहका युवायुवतीलाई नेतृत्वतर्फ प्रोत्साहन
स्काउटको मूल उद्देश्यअनुसार वालबालिका, किशोर–किशोरी तथा युवायुवतीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक र बौद्धिक क्षमता विकास गर्दै जिम्मेवार नागरिक बनाउने लक्ष्यसहित United Youth Open Scout Crew स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

स्काउटिङ्ग भाषामा ‘क्र्यु’ भन्ने १६ देखि २५ वर्ष उमेर समूहका युवायुवतीको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकले बताएको छ ।

भोलि शनिबार हुने ७ किलोमिटर दौड प्रतियोगितामा धुलाबारी, इटाभट्टा, काकरभिट्टा, विर्तामोड, भद्रपुर तथा धरान सम्मका विद्यार्थीहरु सहभागी रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा १८० देखि २०० जना सहभागी रहने र १३ वर्ष उमेर पूरा भई १६ वर्ष ननाघेका किशोर–किशोरीहरु सहभागी हुन पाउनेछन् । जन्मदर्ता वा विद्यालयबाट उमेर खुल्ने सिफारिस अनिवार्य हुनेछ ।

दौड मेचीनगर–१५ स्थित बिचार्नी प्रहरी चौकीबाट सुरु भई मेचीनगर–१० धुलाबारी माविसम्म करिब ७ किलोमिटर हुनेछ भने दर्ता शुल्क प्रति विद्यार्थी रु ४५० तोकिएको छ । सहभागीले कार्यक्रमको ब्याज/टिसर्ट र सहभागिता प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा छात्रतर्फ पुरस्कार यश प्रकार रहेको छ।
प्रथम – मेडल + नगद रु १०,०००
द्वितीय – मेडल + नगद रु ७,०००
तृतीय – मेडल + नगद रु ५,०००
छात्रातर्फ :
प्रथम – मेडल + नगद रु १०,०००
द्वितीय – मेडल + नगद रु ७,०००
तृतीय – मेडल + नगद रु ५,०००

स्काउट सदस्यता वृद्धि र नेतृत्व विकासमा टेवा
स्काउटमा आबद्ध नभएका विद्यार्थी तथा विद्यालयको पनि सहभागिता रहने भएकाले स्काउट सदस्यता विस्तारमा समेत सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।
“गरेर सिक्ने – Learning By Doing” पद्धतिअनुसार यस कार्यक्रमले सहभागीमा शारीरिक क्षमता वृद्धि, नेतृत्व, सामाजिक सम्बन्ध विस्तार र सकारात्मक सोच विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

जोरसिमल चेकपोस्ट बाट सशस्त्र प्रहरीले समात्यो पिकअप सहित तस्करीको सामान

झापा, मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ जोरसिमल क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानस...
इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

इक्यान झापाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, विविध विषयमा छलफल

बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको आयोजनामा झापाको बिर्तामोडमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । ...
भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

भान्सामा खाना पकाउँदै गरेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

दमक, झापा। झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ बस्न...
बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

बाहुण्डाँगी हात्ती समस्या : नेपाल–भारतका अधिकारीबीच समाधानका लागि छलफल

प्रविण अधिकारी झापा । पछिल्लो समय पेचिलो बन्दै गएको बाहुण्डाँगी हात्ती समस्या र यसको दीर्घकालीन समाधानका लागि नेपाल–भारतका सम्बन्...
ne_NPNepali