Skip to main content

Purbi Garjan

ताप्लेजुङको फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो।

घरमा ठूला मान्छे नभएको बेला साना बच्चाहरूले आगो ताप्नका लागि बालिएको आगोबाट घरमा आगो सल्की आगलागी भएको प्रहरी नायब उपरीक्षक डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा, भाँडाकुँडा, नगद २० हजार रुपियाँ र घरधनी लिम्बू तथा श्रीमती हेमकला लिम्बुको नागरिकता प्रमाणपत्रसहित अन्य महत्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट ९ लाख रुपियाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाई छ । उक्त घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।-रेडियो काबेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali