Skip to main content

Purbi Garjan

खेल पत्रकार राईलाई झापा गोल्डकपको सम्मान

बिर्तामोड, फागुन १ । झापाका अग्रज खेल पत्रकार रमेश समदर्शी राईलाई सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको अवसरमा आयोजक समितिले शुक्रबार सम्मानसहित पुरस्कृत गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको अवसरमा आज अग्रज पत्रकार समदर्शीलाई विशेषगरी खेल क्षेत्रलाई प्राथमिकतामा राखेर खेलाडी, प्रतियोगिता र खेल संरचनाको विकासका लागि पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष समदर्शीले खेल पत्रकारितालाई संस्थागत रुप दिन, खेलाडीलाई प्रोत्साहन गर्न तथा झापालाई खेल गतिविधिको केन्द्रका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आयोजकले कदरस्वरुप आज सम्मान गरिएको उल्लेख छ ।
अर्जुनधारा प्रेस क्लबका अध्यक्ष तथा न्युज सञ्जाल डटकमका सम्पादक समदर्शी गोल नेपाल डटकमका कोशी प्रदेश संयोजक पनि हुन् । तीन दशकदेखि पत्रकारितामा आवद्ध उनलाई आयोजकका अध्यक्ष केदार गिरी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali