Skip to main content

Purbi Garjan

धुलाबारी फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

झापा । नकलबन्दामा जारी तेस्रो नकलबन्दा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा धुलाबारी फुटबल ट्रेनिङ सेन्टरले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा धुलाबारीले पूर्वेली युवा क्लब बिर्तामोडलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

निर्धारित ७० मिनेटको खेलमा दुवै टोलीले बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो । दबाबपूर्ण पेनाल्टीमा धुलाबारीका खेलाडीहरू आत्मविश्वासका साथ प्रस्तुत भए । धुलाबारीका लागि अरुण मेचे, सिमन थापा, राजु दर्जी, निरोज अली र सञ्जोक भुजेलले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए ।

यता पूर्वेली युवा क्लबका तर्फबाट पवन बास्के, युवेश तामाङ र प्रशान्त लक्समले गोल गरे पनि दिवस गुरुङको महत्वपूर्ण प्रहार धुलाबारीका गोलरक्षक देवान भुजेलले उत्कृष्ट बचाउ गर्दै खेलको मोड परिवर्तन गरेका थिए ।
खेलको म्यान अफ दि म्याच धुलाबारीका गोलरक्षक देवान भुजेल घोषित भए । उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउनुका साथै नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

भोलिको खेल
प्रतियोगिता अन्तर्गत शनिबार डिएफसी बाहुनडाँगी र पूर्णिमा युवा क्लब भद्रपुरबीच प्रतिस्पर्धा हुने आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जनाएको छ । उक्त खेल पनि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डिएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी पाउनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. १,५०० प्रदान गरिनेछ । साथै बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३,१०० पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali