Skip to main content

Purbi Garjan

शक्ति राईको निर्णायक गोलमा पूर्णिमा क्वाटरफाइनलमा

झापा । नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा पूर्णिमा युवा क्लब भद्रपुरले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार सम्पन्न खेलमा पूर्णिमाले डिएफसी बाहुनडाँगीलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा ब्रदर्श फुटबल क्लब दमकसँगको भेट पक्का गरेको हो ।

मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा भएको खेलमा पूर्णिमाका जर्सी नम्बर १९ का शक्ति राईले खेलको सुरुआती चरणमै गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको तेस्रो मिनेटमै उत्कृष्ट प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेल अत्यन्त प्रतिस्पर्धात्मक बने पनि दुवै टोलीले थप गोल गर्न सकेनन् । डिएफसी बाहुनडाँगीले केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोरी देखिँदा बराबरी गोल फर्काउन असफल रह्यो । यता पूर्णिमाले सुरुवाती अग्रतालाई अन्तिमसम्म जोगाउँदै महत्वपूर्ण जित हात पार्न सफल भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका शक्ति राई म्यान अफ दि म्याच घोषित भए । उनले निर्णायक गोलसहित टोलीको जितमा महत्वपूर्ण योगदान दिँदै नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

भोलिको खेल
प्रतियोगिता अन्तर्गत आइतबार जलथल एफसी र आदर्श युवा क्लब बुधबारेबीच प्रतिस्पर्धा हुने आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जनाएको छ ।

कुल १० सहभागी टोलीहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डिएफसी बाहुनडाँगी, नेक्स्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी पाउनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. १ हजार ५ सय प्रदान गरिनेछ । साथै बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३ हजार १ सय नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
ne_NPNepali