Skip to main content

Purbi Garjan

जलथललाई हराउँदै आदर्श युवा क्लब क्वाटरफाइनलमा

झापा । आदर्श युवा क्लब बुधबारे नकलबन्दामा जारी तेस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा जलथल फुटबल क्लबमाथि १ का विरुद्ध २ गोल गर्दै आदर्श क्वाटरफाइनल प्रवेश गरेको हो ।

आदर्श युवा क्लब बुधबारेका दिवस बाँस्तोलाले १४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २२ औँ मिनेटमा बुधाबारेका श्याम मुर्मुले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ३२ औँ मिनेटमा जलथलका रोहित न्यौपानेले सान्त्वना गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् । खेलको म्यान अफ द म्याच आदर्शका श्याम मुर्मु घोषित भए । उनले नगद रु. १ हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

भोलिको खेल
मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा भइरहेकोे प्रतियोगिता अन्तर्गत सोमबार पूर्णिमा युवा क्लब भद्रपुर र ब्रदर्श फुटबल क्लब दमकबीच प्रतिस्पर्धा हुने आयोजक नकलबन्दा स्पोर्टिङ क्लबले जनाएको छ ।
कुल १० सहभागी टोलीहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डिएफसी बाहुनडाँगी, नेक्ष्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधबारे रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. ५१ हजार नगदसहित ट्रफी पाउनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. १ हजार ५ सय प्रदान गरिनेछ । साथै बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही रु. ३ हजार १ सय नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल बैशाख ५ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali