Skip to main content

Purbi Garjan

झापाका सिमानाकामा अझै तस्करी, ८ लाख ४० हजार बराबरको स्याउ बरामद

झापा, वैशाख १५ — झापाको झापा गाउँपालिका–१ सालमारा क्षेत्रबाट ठूलो परिमाणमा अवैध स्याउ बरामद गरिएको छ।

आज दिउँसो करिब १२:३० बजे जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाइ छिपाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।

छापामार क्रममा बिल–बिजक बिना अवैध रूपमा भण्डारण गरी राखिएको १०४ कार्टुन, करिब २०८० केजी स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको अनुमानित मूल्य रु. ८ लाख ४० हजार रहेको छ।

बरामद गरिएको स्याउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सीमा क्षेत्रबाट अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali