Skip to main content

Purbi Garjan

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले सीमा नाकाहरूमा सीमा समन्वय टोली (Border Interaction Team–BIT) परिचालन गरेको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष अवधारणाअन्तर्गत BIT टोली परिचालन गरेको हो। उक्त टोलीले सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणसँग मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गर्नेछ।

BIT टोलीले विशेषगरी सीमा क्षेत्रमा हुने मानव बेचबिखन, अवैध गतिविधि तथा शंकास्पद गतिविधिको निगरानी र नियन्त्रण मा भूमिका खेल्ने जनाइएको छ।

टोलीले सीमा नाकामा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको आवागमनमा सहयोग गर्ने, यात्रुहरूलाई आवश्यक जानकारी उपलब्ध गराउने तथा सुरक्षा अवस्थाबारे सूचना संकलन गर्ने कार्य गर्नेछ।

सशस्त्र प्रहरीका अनुसार BIT टोलीले स्थानीय प्रशासन, नेपाल प्रहरी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै सीमा क्षेत्रको अवस्था मूल्यांकन गर्नेछ।

सीमा सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको BIT टोलीले सीमा क्षेत्रमा सुरक्षा र सहजीकरणबीच सन्तुलन कायम गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali