Skip to main content

Purbi Garjan

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल : सीमा नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

झापा । खुला सीमा क्षेत्रमा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्दै सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले सीमा नाकाहरूमा सीमा समन्वय टोली (Border Interaction Team–BIT) परिचालन गरेको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउने उद्देश्यले विशेष अवधारणाअन्तर्गत BIT टोली परिचालन गरेको हो। उक्त टोलीले सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणसँग मैत्रीपूर्ण व्यवहार गर्दै आवश्यक सहजीकरण गर्नेछ।

BIT टोलीले विशेषगरी सीमा क्षेत्रमा हुने मानव बेचबिखन, अवैध गतिविधि तथा शंकास्पद गतिविधिको निगरानी र नियन्त्रण मा भूमिका खेल्ने जनाइएको छ।

टोलीले सीमा नाकामा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको आवागमनमा सहयोग गर्ने, यात्रुहरूलाई आवश्यक जानकारी उपलब्ध गराउने तथा सुरक्षा अवस्थाबारे सूचना संकलन गर्ने कार्य गर्नेछ।

सशस्त्र प्रहरीका अनुसार BIT टोलीले स्थानीय प्रशासन, नेपाल प्रहरी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै सीमा क्षेत्रको अवस्था मूल्यांकन गर्नेछ।

सीमा सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको BIT टोलीले सीमा क्षेत्रमा सुरक्षा र सहजीकरणबीच सन्तुलन कायम गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali