Skip to main content

Purbi Garjan

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य
बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँत तस्करी प्रकरणमा सिलिगुडी अदालतले मुख्य अभियुक्तलाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवाना सजाय सुनाएको छ।

यो घटना २० डिसेम्बर २०२५ को हो। विशेष सूचनाका आधारमा कुर्सेओङ वन डिभिजनअन्तर्गतको घोषपुकुर रेञ्ज को टोलीले बागडोग्रा बिहार मोड, एशियन हाइवे–२ मा नेपाल नम्बरको महिन्द्रा XUV500 गाडी रोकेको थियो। वन रेञ्जरको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा वन सहायक सरन तामाङ र आरडीएल मञ्जुर आलम सहभागी थिए। गाडीको तलासीका क्रममा अवैध रूपमा ओसारपसार भइरहेको हात्तीको दाँत बरामद गरिएको थियो। यस घटनामा सिलिगुडीका कमल अग्रवाल र नेपालका गणेश बस्फोर लाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत पक्राउ गरिएको थियो। तर, सुनुवाइका क्रममा चालक गणेश बस्फोरलाई अदालतले सफाइ दिएको भने कमल अग्रवाल दोषी ठहर भएका छन्।

अनुसन्धानका क्रममा अभियुक्तहरूको स्वेच्छिक बयान सहायक डिभिजनल वन अधिकृत तथा पदेन सहायक वन्यजन्तु संरक्षक राहुल देब मुखर्जी ले रेकर्ड गरेका थिए। बरामद गरिएको वस्तुको जुलोजिकल सर्वे अफ इन्डिया (ZSI) ले वैज्ञानिक परीक्षण गर्दा उक्त दाँत अनुसूची–१ अन्तर्गत संरक्षित हात्तीको दाँत भएको पुष्टि गरेको थियो।

वन विभागले तीव्र गतिमा अनुसन्धान सम्पन्न गर्दै ४५ दिनभित्र अभियोजन प्रतिवेदन (POR) अदालतमा दर्ता गरेको थियो, त्यसपछि हिरासतबाट मुद्दाको सुनुवाइ सुरु भएको थियो। सुनुवाइका क्रममा अभियुक्त पक्षले पटक–पटक अतिरिक्त जिल्ला न्यायाधीश अदालत तथा उच्च अदालतमा जमानतको निवेदन दिए पनि प्रत्येक पटक वन विभागका अधिकारीहरू स्वयं अदालतमा उपस्थित भई जमानतको विरोध गरेका थिए।

अन्ततः अदालतले मुख्य अभियुक्त कमल अग्रवाललाई दोषी ठहर गर्दै ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवानाको सजाय सुनाएको छ। यो फैसला सिलिगुडी अदालतबाट वन्यजन्तु तस्करी मुद्दामा दिइएको सबैभन्दा कडा सजायमध्ये एक मानिएको छ, जसले संगठित वन्यजन्तु अपराधविरुद्धको अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको सन्देश दिएको छ।

वन विभागका अधिकारीहरूले यस निर्णयले पश्चिम बंगाल वन विभागको द्रुत अनुसन्धान, प्रभावकारी अभियोजन तथा वन्यजन्तु संरक्षणसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको तथा भविष्यमा वन्यजन्तु अपराधमा संलग्न हुनेहरूलाई कडा कानुनी कारबाही हुने स्पष्ट सन्देश दिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali