Skip to main content

Purbi Garjan

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य
बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँत तस्करी प्रकरणमा सिलिगुडी अदालतले मुख्य अभियुक्तलाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवाना सजाय सुनाएको छ।

यो घटना २० डिसेम्बर २०२५ को हो। विशेष सूचनाका आधारमा कुर्सेओङ वन डिभिजनअन्तर्गतको घोषपुकुर रेञ्ज को टोलीले बागडोग्रा बिहार मोड, एशियन हाइवे–२ मा नेपाल नम्बरको महिन्द्रा XUV500 गाडी रोकेको थियो। वन रेञ्जरको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा वन सहायक सरन तामाङ र आरडीएल मञ्जुर आलम सहभागी थिए। गाडीको तलासीका क्रममा अवैध रूपमा ओसारपसार भइरहेको हात्तीको दाँत बरामद गरिएको थियो। यस घटनामा सिलिगुडीका कमल अग्रवाल र नेपालका गणेश बस्फोर लाई वन्यजन्तु (संरक्षण) ऐन, १९७२ अन्तर्गत पक्राउ गरिएको थियो। तर, सुनुवाइका क्रममा चालक गणेश बस्फोरलाई अदालतले सफाइ दिएको भने कमल अग्रवाल दोषी ठहर भएका छन्।

अनुसन्धानका क्रममा अभियुक्तहरूको स्वेच्छिक बयान सहायक डिभिजनल वन अधिकृत तथा पदेन सहायक वन्यजन्तु संरक्षक राहुल देब मुखर्जी ले रेकर्ड गरेका थिए। बरामद गरिएको वस्तुको जुलोजिकल सर्वे अफ इन्डिया (ZSI) ले वैज्ञानिक परीक्षण गर्दा उक्त दाँत अनुसूची–१ अन्तर्गत संरक्षित हात्तीको दाँत भएको पुष्टि गरेको थियो।

वन विभागले तीव्र गतिमा अनुसन्धान सम्पन्न गर्दै ४५ दिनभित्र अभियोजन प्रतिवेदन (POR) अदालतमा दर्ता गरेको थियो, त्यसपछि हिरासतबाट मुद्दाको सुनुवाइ सुरु भएको थियो। सुनुवाइका क्रममा अभियुक्त पक्षले पटक–पटक अतिरिक्त जिल्ला न्यायाधीश अदालत तथा उच्च अदालतमा जमानतको निवेदन दिए पनि प्रत्येक पटक वन विभागका अधिकारीहरू स्वयं अदालतमा उपस्थित भई जमानतको विरोध गरेका थिए।

अन्ततः अदालतले मुख्य अभियुक्त कमल अग्रवाललाई दोषी ठहर गर्दै ५ वर्षको कठोर कारावास र ₹५० हजार जरिवानाको सजाय सुनाएको छ। यो फैसला सिलिगुडी अदालतबाट वन्यजन्तु तस्करी मुद्दामा दिइएको सबैभन्दा कडा सजायमध्ये एक मानिएको छ, जसले संगठित वन्यजन्तु अपराधविरुद्धको अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको सन्देश दिएको छ।

वन विभागका अधिकारीहरूले यस निर्णयले पश्चिम बंगाल वन विभागको द्रुत अनुसन्धान, प्रभावकारी अभियोजन तथा वन्यजन्तु संरक्षणसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको तथा भविष्यमा वन्यजन्तु अपराधमा संलग्न हुनेहरूलाई कडा कानुनी कारबाही हुने स्पष्ट सन्देश दिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

शिक्षिका रहस्यमय मृत्यु प्रकरण: घटना स्थलमा दुईवटा चिठी भेटियो

प्रविण अधिकारी मेचीनगर । झापाको मेचीनगर नगरपालिका -६ साठी बिगाहामा रहेको अरुणोदय बोर्डिङ इङलिस स्कुलको भवनभित्र सोमबार सोही विद्...
भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा  नियन्त्रण

भन्सार छलीको ३२ बोरा चिनी सहित दुईवटा सवारी सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा नियन्त्रण

मेचीनगर। काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिए...
ne_NPNepali