Purbi Garjan

लम्पिस्किनबाट खरबौ क्षति

काठमाडौँ । लम्पिस्किन रोगको महामारीका कारण हालसम्म ५२ हजार ४४८ पशु वस्तुको मृत्यु भएको छ । नेपालमा गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ।

२०८० भदौ ७ गते बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले विगत पाँच महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताएका हुन् ।

त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए । हाल एक लाख पाँच हजार २५३ पशु बिरामी अवस्थामा रहेका उनले उल्लेख गरे । उनले हालसम्म जोर्डन, तन्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा सात लाख छ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको बताए ।

लम्पिस्किन रोग नियन्त्रणका लागि तिनै तहको सरकारबिच समन्वयमा काम भइरहेको मन्त्री भुसालले बताए । आवश्यक प्रचार प्रसारको काम पनि भइरहेको उनले स्पष्ट पारे । आवश्यक पशु चिकित्सक पनि खटाइएको उनले जानकारी दिए ।

मन्त्री भुसालले लम्पिस्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको जानकारी पनि दिए ।

मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा सङ्घीय सशर्त अनुदानअन्तर्गत जाने गरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराएका हुन् ।

त्यस्तै, महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताए ।

उनले प्रदेशहरूले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले विनियोजन गर्ने प्रक्रिया अगाडि बढाएका बताए ।

सतहत्तरमध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्‌ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म यो रोग फेला परेको पुष्टि भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali