Skip to main content

Purbi Garjan

मोरक्को भूकम्पमा मृत्यु हुनेको सङ्ख्या  २००० नाघ्यो

२३ भदौ । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म २०१२ भन्दा बढीकाे मृत्यु भएको छ भने २०५ ९ जना घाइते भएको छन । ७.२ रेक्टरको भुकम्पले गर्दा कैयौं भवनहरु ढलेका छन् भते जनजीवन अस्तव्यस्त भएका छन् । मोरक्कोमा १२० बर्षको इतिहासमा यो सबैभन्दा ठूलो भुकम्प हो ।

शुक्रबार राति ११ :११ बजे भएको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।  शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।

शुक्रवारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । 

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali