Purbi Garjan

हृदयाघातबाट एमाले नेता सुवास नेम्वाङको निधन

Advertisement

पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको हृदयाघातबाट निधन भएको छ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो ।

नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मङ्सिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  पूर्व सभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए ।

हृदयाघातबाट निधन भएका  नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केही बेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । 

नेता  नेम्वाङ प्रति हार्दिक श्रद्धाञ्जली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित बुद्धशान्ति गाउँपालिका...
राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

बिर्तामोड। पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिवमा चयन भएका छन्। झापाको कन्काईमा सम्पन्न समाजको २७औँ वार्...
अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ...
झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेक...