Skip to main content

Purbi Garjan

मलद्वारमा लुकाएर सुन तस्करी

काठमाडौँ । दुबईबाट झन्डै एक किलो सुनसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौँ प्रहरी परिसरले हिमालयन एयरलाइन्सबाट ९६० ग्राम सुन लिएर आएका बाबुलाल दोङलाई सुरुमा पक्राउ गरेको थियो। उनले मलद्वारमा लुकाएर उक्त सुन ल्याएका थिए।

दोङले भन्सार छली ल्याएको सुन लिन आएका अरू दुई जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका ३ घट्टे खोलाका ३३ वर्षीय जगत् लामा र काभ्रेकै महाभारत गाउँपालिका ३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेको काठमाडौँ परिसरका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

दुबईबाट सुन ल्याउने दोङ काभ्रेको खानी खोला गाउँपालिका ३ का हुन्। हाल पनौती नगरपालिका ५ बस्दै आएका छन्।

थप अनुसन्धानको क्रममा मङ्गलवार ढल्कु स्थित बिगमार्टको पार्किङबाट अरू दुई जनालाई नियन्त्रणमा लिएको हो।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali