Purbi Garjan

आश्विन १०बाट नेपाल क्रिकेट १९औँ एसियाली खेलकुदमा

Advertisement

काठमाडौँ  ।   नेपाली क्रिकेट टोली आश्विन १० बाट  १९ औँ एसियाली खेलकुदमा व्यस्त हुने भएको छ ।

नेपालले समूह चरणमा मङ्गोलिया र मालदिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।

 क्वाटर फाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । अफगानिस्तानले प्रतिस्पर्धाबाट आफ्नो नाम फिर्ता लिइसकेको छ । 

नेपालले पहिलो खेल आश्विन १० गते मङ्गोलियासँग खेल्नेछ । त्यस्तै   आश्विन १४ गते मालदिभ्ससँग खेल्नेछ । क्वाटर फाइनल आश्विन १६ र १७ गते  तथा सेमिफाइनल १९ गते हुनेछ । फाइनल र तेस्रो स्थानको लागि  आश्विन २० गते खेल हुनेछ ।

सबै खेल टी२० शैलीमा हुनेछ । नेपाल टी२० आई वरियतामा १७ औँ स्थानमा छ । मालदिभ्स ८० औँ स्थानमा छ । मङ्गोलिया भने आइसिसीको ८७ वरीयताभित्र छैन । 

समूह चरणका खेलहरू नेपालले सहजै जिते पनि क्वाटर फाइनलपछिका खेलहरूका लागि नेपालले निकै सङ्घर्ष गर्नुपर्ने आङ्कलन गरिँदै छ ।

नेपालको टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी. सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ सम्म अध्यापन गराउने

प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ सम्म अध्यापन गराउने

विनोद सापकोटा सुरुङ्गा । कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमिले यस वर्षदेखि कक्षा ११ मा पनि अध्यापन गराउने भएको छ । पू...
मेचीनगरको आगामी बजेट : २ अर्ब ५ करोड २९ लाख सार्वजनिक

मेचीनगरको आगामी बजेट : २ अर्ब ५ करोड २९ लाख सार्वजनिक

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि २ अर्ब ५ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न...
विपद्  ब्यवस्थापनमा जुट्ने झापाका संघसंस्थाको प्रतिवद्धता

विपद् ब्यवस्थापनमा जुट्ने झापाका संघसंस्थाको प्रतिवद्धता

झापा। झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले ...
इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

इन्जिनियर र ठेकेदारको लापरबाहीले निर्माणाधीन प्लमवाल भत्कियो, स्थानीय सरकारसँग छैन समन्वय

मेचीनगर ।  झापाको मेचीनगर-१३ स्थित छबिलाल मार्गमा निर्माणाधीन प्लमवाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलि...