Purbi Garjan

वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो : प्रधानमन्त्री

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ मन्त्रहरुको पनि महामन्त्र भएको दाबी गरेका छन्। शनिबार नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमालेले नेपाली समाजको सुत्र तयार गरेको बताएका हुन्।
‘गणितको सुत्र, व्याकरणको सुत्र त्यतिकै बन्दैन। सुत्रले थोरैले धेरै कुरा बोलेको हुन्छ, तब त्यो सुत्र हुन्छ। हामीले पनि नेपाली समाजको सुत्र तयार गरेका छौं, समृद्ध नेपाल सुखी नेपाली।’ पूर्वप्रधानमन्त्री ओलीले भने,‘यो अहिलेको वर्तमान नेपालको मन्त्रहरुको पनि महामन्त्र हो, समृद्ध नेपाल, सुखी नेपाली। योभन्दा ठूलो, योभन्दा महान,योभन्दा पवित्र कुनै अर्को मन्त्रै हुनै सक्दैन। नेपालको सुरक्षा, नेपालको समृद्धि, नेपाली जनताको सुख।’
विभिन्न भाषाको उदाहरण दिँदै उनले हाम्रो समाज र जनतालाई सुखी बनाउन खोजेको बताए। उनले यसका मूल मन्त्र र सहायक मन्त्र र त्यसको व्याख्या सबै तयार गरेर अगाडि बढेको बताए। ‘उहिले निष्कर्ष निचोड, ज्ञानको निचोडलाई मन्त्र भनिन्थ्यो। त्यसभित्र थुप्रै कुराहरु अटाइएको हुन्थ्यो।’ उनले भने,‘अहिले एमालेले पनि त्यहि काम गरिरहेको छ। भाषा फरक छ अरुले अरु भाषामा भने पनि हामी नेपालीमा भन्छौं। कलात्मक तरिकाले सम्प्रेषण गर्नुपर्छ।’
कतिपय मान्छेले दृटान्त, उपमा, विम्ब प्रयोग नबुझ्ने भएकाले विम्ब प्रयोग गर्दा उखान टुक्का सुनायो भन्ने गरेको ओलीको भनाई छ। उनले एउटा कार्टुनले ठूलो चेतना दिएको हुने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali