Purbi Garjan

माओवादी सम्वद्ध साहित्यकारहरुको नेतृत्व स्वप्निलले गर्ने

Advertisement

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति निर्वाचित भएका छन् ।

हिजो सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनले स्वप्निलको अध्यक्षतामा ७१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसअनुसार उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार चयन भएका छन् ।

त्यस्तै, महासचिवमा जीत अधिकारी, उपमहासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएको संघले जनाएको छ ।

सम्मेलनको प्रमुख वक्ता एंव माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए । कम्युनिष्ट आन्दोलन विखण्डित भइरहेका बेला संघले नयाँ दृष्टिकोणबाट चिन्तनको अभ्यास गर्ने उनले विश्वास व्यक्त गरे ।

ुपुँजीवाद हावी हुँदा(हुँदा यस्तो समय आयो कि वैचारिक रुपले विखण्ड गर्न सक्यो, सत्ता सम्भव छ, गर्न सकेन सत्ता सम्भव छैन भन्ने मानसिकता देखिन थाल्योु, महासचिव गुरुङले भने, ुकम्युनिष्ट आन्दोलन विखण्डित भइरहेको बेला यो संगठनले लेखन, पठन र चिन्तनको नयाँ अभ्यास गर्नेमा म विश्वस्त छु ।ु

संघ नेकपा माओवादी केन्द्र निकट लेखक तथा साहित्यकारहरुको संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

आवास कम्पनीलाई मेयरकाे चेतावनी, जग्गा हस्तान्तरण नगरे हस्तक्षेप गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका ...
बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

बीआरआईबारे भ्रम पार्नु हुँदैन : विप्लव

शोभराज बराल काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे भ्रम पार्न दिन नहुने ब...
ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ : पहिरोले तापेथोक बजार जोखिममा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बि...
दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

दुबई सडक दुर्घटनामा परी मोरङकी एक युवतीको मृत्यु

झापा । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी मोरङकी एक युवतीको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम...