Skip to main content

Purbi Garjan

उज्यालो भविष्य संस्थाको स्थापना दिवस भव्य रुपमा सम्पन्न, सामाजिक व्यक्तित्वहरुलाई गर्यो सम्मान

बलराम शिवाकोटी
काठमाडौ, २५ जेठ । लामो समयदेखि बाल बालिकाको अधिकार, मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण तथा महिला लगायतका क्षेत्रमा कृयाशिल रहेको समाजिक संस्था उज्यालो भविष्य सस्था दोलखा आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । संस्थाले आफ्नो स्थापनाको १० बर्ष पुरा भएको अवसरमा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

बुधबार काठमाडौँमामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शताब्दि पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, पत्रकार चिरञ्जीवी मास्के, सोलुखुम्बुको लिखुपिके गाँउपालिकाका प्रमुख मिना कार्की वस्नेत, साहित्यकार दामोदर प्रसाद न्यौपाने, समाजसेवी सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी र मोहन खत्री र माया थामिलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तमाङले सम्मान गर्नु भएको हो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तमाङले दोलखामा निर्माणाधिन फिल्मसिटीको लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालमा धार्मिक पर्यटक भित्राउन काठमाडौँको पशुपति नाथ, लुम्बिनी, पोखरा लगायतका क्षेत्रको विशेष व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेसका नेता तारा बहादुर कोईराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का, नेपाली कांग्रेसका महासमिति सदस्य एवं दरुण दलका नेता सन्तोष पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बद्री कुमार चौलागाई, नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्का, नेपाली कांग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिका सभापति सरोज शिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali