Skip to main content

Purbi Garjan

ताप्लेजुङमा पहिरो : एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँ पालिका -२ खेजेनिम टिन्जामा बिहिवार मध्यरातमा गएको पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनिहरुका दुई सन्तानको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्ष ७० का रामवहादुर साम्रा, उनका श्रीमती वर्ष ४८ कि जसमाया लिम्वू, उनीहरुका दुई जुम्ल्याहा छोरीहरु बर्ष १० का गंगा र जमुना रहेका छन् ।

उक्त पहिरोमा परि अन्य दुई जना घाईते भएका छन् । सिंवा प्रहरी चौकीवाट प्रहरी टोलि,फुङलिङ नगरपालिका १० मित्लुङ हाइड्रोपावरमा रहेको नेपाली सेनाको टोलि सहित स्थानीयले पहिरोवाट शव निकालेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल सदरमुकाम फुङलिङवाट पाँच घण्टाको दुरीमा रहेको छ । जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक कमल लुंगेलीको थप टोलि परिचालन गरिएको छ । यही गाउँपालिकाको सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहिवार चारवटा अस्थायी पुल तथा सडक अवरुद्ध बनाएको छ । पहिरोले गतवर्ष असार २ गते सिदिङवा गाउँपालिका मेहेलेमा ६ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali