Purbi Garjan

बीएण्डसी मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सोच छ : दुर्गा प्रसाईं

Advertisement

झापा । बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब यसलाई विश्वविद्यालय बनाउने सम्मको  तयारी रहेको घोषणा गरेका छन्।

आज बिहिवार पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले अब सुदूर पूर्वमा पनि मेडिकल कलेज खुलेको र मेडिकल कलेजलाई एउटा प्राइभेट युनिभर्सिटी बनाउने इच्छा रहेको बताएका छन्। युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउने पनि प्रसाईंले बताएका छन्।

मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि उनले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।

प्रसाईंले सर्वोच्चमा मुद्दा हालेको सात वर्षपछि न्याय पाएको बताए । आफू अन्यायमा परेको लामो समयपछि सर्वोच्चले न्याय दिएको उनको भनाइ छ । काठमाडौँ विश्वविद्यालयले समेत १० वर्ष अगाडि नै दिनुपर्ने सम्बन्धन आज दिएको बताए ।

आफुलाई ढिलै भएपनि सर्वोच्चले न्याय दिएको भन्दै उनले धन्यवाद व्यक्त गरेका छन्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरता लेडी जेसीजको आयोजनामा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित बुद्धशान्ति गाउँपालिका...
राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

राजेन्द्र गौतम ‘गौतम समाज झापा’को सचिव चयन, बुवाको स्मृतिमा अक्षयकोष स्थापना हुने

बिर्तामोड। पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिवमा चयन भएका छन्। झापाको कन्काईमा सम्पन्न समाजको २७औँ वार्...
अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा ल्याइँदै गरेका १३ थान मोबाइलसहित एक भारतीय नागरिक पक्राउ

धुलाबारी । झापाको धुलाबारीबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३ थान मोबाइल फोनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। ...
झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

झापा नेशनलका विद्यार्थीद्वारा स्थानीय स्रोत प्रयोग गरी टेलिस्कोप निर्माण

मेचीनगर (झापा), — झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कुलका विद्यार्थीहरूले स्थानीय स्रोत साधन प्रयोग गर्दै टेलिस्कोप निर्माण गरेक...