Skip to main content

Purbi Garjan

बीएण्डसी मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सोच छ : दुर्गा प्रसाईं

झापा । बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब यसलाई विश्वविद्यालय बनाउने सम्मको  तयारी रहेको घोषणा गरेका छन्।

आज बिहिवार पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले अब सुदूर पूर्वमा पनि मेडिकल कलेज खुलेको र मेडिकल कलेजलाई एउटा प्राइभेट युनिभर्सिटी बनाउने इच्छा रहेको बताएका छन्। युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउने पनि प्रसाईंले बताएका छन्।

मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि उनले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।

प्रसाईंले सर्वोच्चमा मुद्दा हालेको सात वर्षपछि न्याय पाएको बताए । आफू अन्यायमा परेको लामो समयपछि सर्वोच्चले न्याय दिएको उनको भनाइ छ । काठमाडौँ विश्वविद्यालयले समेत १० वर्ष अगाडि नै दिनुपर्ने सम्बन्धन आज दिएको बताए ।

आफुलाई ढिलै भएपनि सर्वोच्चले न्याय दिएको भन्दै उनले धन्यवाद व्यक्त गरेका छन्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali