Skip to main content

Purbi Garjan

झापामा नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम सुरु, जुनियर तर्फ झिलझिले मावि मात्रै

विनोद सापकोटा
झापा । झापामा नेपाली सेनाले विद्यालय स्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । चारआली स्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरेर ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । बिहीबार एकै दिन विद्यालयहातामा पुगेर ति विद्यालयमा अरिदमन गणका गणपती कर्नेल प्राजु बस्नेतले तालिमको उद्घाटन गर्दै प्रथम प्रवचन गरेका थिए ।

पहिलो पटक ५० व्याच जुनियर तर्फको एनसीसी तालिम उद्घाटन भएको हो । उद्घाटन भएका विद्यालयमा शुक्रबार अर्थात असार १४ देखी तालिम सुरु हुने नेपाली सेनाको चाराली स्थित अरिदमन गणका सेनानी नरेन्द्र प्रसाद खतिवडाले जानकारी दिए ।
सिनियर तर्फको तालिम साउन १ लाई तोकिएको छ । तोकिएको कार्यक्रम फेरबदल पनि हुन सक्ने गणले जनाएको छ ।

गणले जुनियर डिभिजन तालिमका लागि जिल्लाको शिवसताक्षी नगरपालिका स्थित झिलझिले माद्यमिक विद्यालयलाई छनौट गरेको छ । झापामा सामुदायिक विद्यालय मध्ये जुनियर तालिम संचालन हुने झिलझिले माध्यमिक विद्यालय झापामा एक मात्र सामुदायिक विद्यालय हो ।

संस्थागत तर्फ इष्ट होराइजन मेचीनगर, इन्र्ट पोइन्ट भद्रपुर, टावर टेम्पल विर्तामोड र स्पाइनर वोर्डिङ दमक चयन भएका छन् । यता सिनियर डिभिजनको तालिमका लागि धुलाबारी मावि मेचीनगर र जनता मावि अर्जुनधारा चयन भएका थिए ।

एक सय दिनको एनसिसी तालिम अन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिला स्थित राष्ट्रिय सेवा दलको पुर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपती कर्नेल बस्नेतले बताए ।

‘तालिम बाट विद्यार्थीले राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित हुने उनले बताए । “यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ”, उनले भने । उनका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।

झापामा यो वर्ष १ सय ८० विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइने गणले जनाएको छ । एउटा विद्यालयबाट छात्र १८ र छात्रा १८ गरि ३६ जना तालिममा सहभागि हुन पाउने छन् । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने उनले जानकारी दिएका छन् ।

तालिमपश्चात विद्यार्थीमा अनुशासित, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने जनाइएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् ।

तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाका एक छात्रा र एक छात्राले अन्तराष्ट्रिय कार्यक्रममा सहभागि जनाएका थिए ।
नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम विसं २०२२ कात्तिक ७ गतेबाट सुरु गरेको थियो ।

राष्ट्रिय सेवा दलको तालिममा मुलुकभरबाट ६१ हजार ९ सय ६५ जुनियर डिभिजन र १२ हजार ५ सय १५ सिनियर डिभिजन गरि कुल ७४ हजार ४ सय ८० जनाले यो तालिम बाट प्रशिक्षित भएका छन् ।

नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक ७ हजार ७ सय विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तकुमार फेउदीन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुङ्गाना र विद्यालयका प्रधानाध्यापक खेम निरौलाले तालिममा सहभागी विद्यार्थीलाई तालिम सफलताको शुभकामना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali