Skip to main content

Purbi Garjan

अब बन्ने सरकारमा गगन जी र म मन्त्री बन्दैनौँ – काङ्ग्रेस महामन्त्री शर्मा

विनोद सापकोटा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेकपा एमाले संगको पछिल्लो समिकरणमा बन्न लागेको सरकारमा आफु मन्त्री नहुने बताएका छन् ।

कांग्रेस महामन्त्री शर्मा मन्त्री हुने विषयमा चर्चा चलिरहेका बेला उनले आफु मात्र होइन अर्का महामन्त्री गगन थापा पनि मन्त्री हुने सम्भावना नरहेको बताए । ‘गगन जीले पनि मन्त्री बन्ने विषयमा अनिच्छा देखाउनु भएको छ,’ उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महामन्त्री शर्मा मन्त्री बन्ने विषयमा आम नागरिकले जिज्ञासा राखिरहेका बेला उनले आफु मात्र नभएर अर्का महामन्त्री गगन थापा पनि मन्त्री नहुने बताए । उनले झापाबाट प्रधानमन्त्री सहित नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला मन्त्री हुने विषयमा भने नेतृत्व तहका कुरा भइरहेको खुलाए ।

उनले भने, ‘एमाले पार्टी अध्यक्ष केपी कमरेडको नेतृत्वमा सरकारमा जान्छ । नेपाली कांग्रेसे कृष्ण दाईको नेतृत्वमा सरकारमा जान सक्ने बलियो सम्भावना छ ।’
यै मन्त्रालय भन्ने विषयमा तर्क नगरौ तर पार्टी भित्र कृष्ण दाईको नेतृत्वमा सरकारमा जाने संभावना बलियो रहेको उनले बताए ।

झापाको शिवसताक्षी स्थित नेपाली कांग्रेसका सभापती अशोक बस्नेत लगायत स्थानिय कार्यकर्ता संगको सक्षिप्त भेटमा महामन्त्री शर्माले भने ‘प्रधानमन्त्री पुष्प कमल दाहालले असार २८ मा संसदमा विश्वासको मत फेस गरेपछि मन्त्रीकोे नाम सहितको सुची सार्वजनिक हुन्छ । त्यो सूचिमा पूर्व महामन्त्री कृष्ण सिटौलाको नाम पनि रहन्छ ।’

तर, कृष्ण् प्रसाद सिटौलाले मन्त्री बन्न आफ्नो रुचि नरहेको यस अघिनै बताएका छन् । पत्रकार संग सोमवार राति बोल्दै सिटौलाले आफु सरकारमा नजाने तर सरकारलाई सक्दो सहयोग गर्ने बताएका थिए । सिटौला हाल राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali