Purbi Garjan

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Advertisement

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरमा भए गरेको गतिविधि सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविण अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवानलगायतले बोल्दै नगर र नगरबासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत बिषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । साथै स्थानीय सरकारको हैसियतले मेचीनगर क्षेत्रको व्यापार व्यवसायमा प्रवर्द्धन, लागुऔषध दुव्र्यशनी न्यूनिकरण, खेलकुद क्षेत्रको विकास तथा पन्ध्रवटै वडामा प्राथमिकताका आधारमा भौतिक पुर्वाधार विकास हुनुपर्ने उनिहरूको भनाइ थियो ।

कार्यक्रममा सहभागीबाट आएका गुनासो तथा सुझाबलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सम्बोधन गर्दै जवाफ दिएका थिए । सुशासनका लागि सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले अहिले थुप्रै जनमुखी कार्यहरू अगाडि बढाइएको भएतापनि अझै धेरै गर्न बाँकी रहेको बताए । उनले समग्र मेचीनगर र नगरबासीको विकासका लागि ठोस नतिजा आउनेगरी कामहरू अगाडि बढीरहेको बताउँदै अब नागरिकको चाहाना अनुसारको कार्यसम्पादन हुने बताए ।

उप-प्रमुख मीना पोख्रेल उप्रेतीले आफुहरू जनताको सेवाको लागि आएको बताउँदै जनअपेक्षा र उनिहरूक‍ आवश्यकता अनुसार क्रमश कार्यक्रमले तिब्रता पाउने बताइन् । उनले आफुहरू सदैब जनताको सेवामा लागि पररहने बताइन् ।

कार्यक्रममा वर्तमान तथा आगामी आर्थिक बर्षको जनपक्षीय कार्यक्रमहरूको चर्चा गर्दै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरमा सेवाग्राहीलाई छिटो छरितो ढंगले सेवा दिन आफुहरू लागि परिरहेको बताए । सम्पूर्ण प्रक्रिया पुगेको सेवाग्राहीकाे काम बिना झन्झट यथाशीघ्र सम्पन्न गरि चुस्त दुरुस्त सेवा दिने उनले बताए ।

सञ्चारकर्मी अम्बिका भण्डारीले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसंगै विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, सर्वसाधारण नागरिक र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

सामना परिवारको विर्तामोड प्रस्तुति: भावुक बने दर्शक, रसाइरहे आँखाहरू

प्रविण अधिकारी विर्तामोड । झापाको विर्तामोडमा जनवादी कलाकारहरूले "समाजवादका लागि सामना सांस्कृतिक अभियान" अन्तर्गत जनचेतनामूलक प्...
नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दामा नगरस्तरीय फुटबल हुँदै, नगर खेलकुद विकास समितिले उपेक्षा गरेको गुनासो

नकलबन्दा । झापाको मेचीनगर-५ नकलबन्दा स्थित मेची आदर्श आधारभूत विद्यालयको प्राङ्गणमा आगामी फागुन ७ गतेदेखि `दोस्रो नगरस्तरीय नकलबन्...
शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

शनिवार विर्तामोडमा ” सामना कन्सर्ट” हुँदै बहुचर्चित राष्ट्रिय कलाकारहरु झापामा

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा पहिलोपटक जनवादी गीत संगीत " सामना कन्सर्ट" हुने भएको छ। भोलि दिउ...
चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

चारआली म्युजिक फेस्ट: चर्चित ब्यान्ड जोन एण्ड द लोकल्स आउने

मेचीनगर। झापाको चारआलीमा "चाराली म्युजिक फेस्ट २०२५ " आयोजना हुने भएको छ। फागुन ९ गते (फेब्रुअरी २१) निचाझोडा सिमसार नजिकै हातेमाल...