Skip to main content

Purbi Garjan

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरमा भए गरेको गतिविधि सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रम मेचीनगर नगरपालिकाको आयोजना तथा काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि बिजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविण अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवानलगायतले बोल्दै नगर र नगरबासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुदलगायत बिषयलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । साथै स्थानीय सरकारको हैसियतले मेचीनगर क्षेत्रको व्यापार व्यवसायमा प्रवर्द्धन, लागुऔषध दुव्र्यशनी न्यूनिकरण, खेलकुद क्षेत्रको विकास तथा पन्ध्रवटै वडामा प्राथमिकताका आधारमा भौतिक पुर्वाधार विकास हुनुपर्ने उनिहरूको भनाइ थियो ।

कार्यक्रममा सहभागीबाट आएका गुनासो तथा सुझाबलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सम्बोधन गर्दै जवाफ दिएका थिए । सुशासनका लागि सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले अहिले थुप्रै जनमुखी कार्यहरू अगाडि बढाइएको भएतापनि अझै धेरै गर्न बाँकी रहेको बताए । उनले समग्र मेचीनगर र नगरबासीको विकासका लागि ठोस नतिजा आउनेगरी कामहरू अगाडि बढीरहेको बताउँदै अब नागरिकको चाहाना अनुसारको कार्यसम्पादन हुने बताए ।

उप-प्रमुख मीना पोख्रेल उप्रेतीले आफुहरू जनताको सेवाको लागि आएको बताउँदै जनअपेक्षा र उनिहरूक‍ आवश्यकता अनुसार क्रमश कार्यक्रमले तिब्रता पाउने बताइन् । उनले आफुहरू सदैब जनताको सेवामा लागि पररहने बताइन् ।

कार्यक्रममा वर्तमान तथा आगामी आर्थिक बर्षको जनपक्षीय कार्यक्रमहरूको चर्चा गर्दै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरमा सेवाग्राहीलाई छिटो छरितो ढंगले सेवा दिन आफुहरू लागि परिरहेको बताए । सम्पूर्ण प्रक्रिया पुगेको सेवाग्राहीकाे काम बिना झन्झट यथाशीघ्र सम्पन्न गरि चुस्त दुरुस्त सेवा दिने उनले बताए ।

सञ्चारकर्मी अम्बिका भण्डारीले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसंगै विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, सर्वसाधारण नागरिक र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali