Skip to main content

Purbi Garjan

दमकबाट पेस्तोल र दुई थान म्यागेजिनसहित गजमेर पक्राउ

दमक। झापाको दमकबाट एउटा पेस्तोल र दुई थान म्यागेजिन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमक नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन्।

दमक नगरपालिका ५ बानेश्वर हाइटमार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमको टोलीले गजमेरलाई पक्राउ गरेको हो।

गजमेर काे ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार थिए। स्कुटरको चाबी लगाउने भागको तल लुकाई राखेको खैरो रङको कभर सहितकाे पेस्तोल फेला परेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गजमेरलाई खानतलासी लिँदा दुई थान म्याग्जिन पनि फेला परेको बताए । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali