Skip to main content

Purbi Garjan

नेपाल रुपान्तरणको उत्कर्षमा छ – दिपेश सी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज दिपेश सी ले पछिल्लो समय नेपाल रुपान्तरणको उत्कर्षमा रहेको बताएका छन्।

आज झापाको सुरुङ्गामा सम्पन्न झापा जिल्ला कमिटीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लोपटक नेपालमा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले विभिन्न ढंगले खेल्ने काम गरिरहेकाले राजनिती, आर्थिक , सांस्कृतिक हरेक हिसाबले नेपाल रुपान्तरणको उत्कर्षमा पुगेको उनले बताए।

जिल्ला बैठकलाई सम्बोधन गर्दै क्रान्तिकारीहरुका विरुद्ध साम्राज्यवादी शक्तिहरु लागि परेकाले यसलाई चिर्नुपर्ने परिस्थिति रहेको उनले बताए। पछिल्लो समय प्रविधिको विकास तिव्र भएकोले क्रान्ति सम्भव नभएको भन्ने कुरा गलत रहेको बताउँदै प्रविधिको विकास हुने बित्तिकै क्रान्ति हुन्न भन्ने कुरा भ्रम रहेको बताए ।

प्रविधिहरु खतरा मात्रै नभएर सुरक्षित पनि रहेको र त्यसको प्रयोगमा भर पर्ने बताउँदै त्यसको लागि नेपाल कम्युनिस्ट पार्टी सक्षम रहेकोले दलालहरुले नेकपालाई कमजोर नआँक्न उनले चेतावनी दिए ।

पछिल्लो समय रविन्द्र मिश्रले काम नकाटेका कारण रविहरुलाई पश्चिमा शक्तिले अघि सारेको टिप्पणी गर्दै उनले नेपाललाई अशान्त बनाउन पश्चिमा शक्तिहरु लागि परिरहेको उनले बताए ।

पछिल्लो समय पार्टी विरुद्धको गतिविधिमा अराजक टिप्पणी बढ्दै गएको प्रति इङ्गित गर्दै उनले यस्ता अराजक तत्वहरुलाई पार्टीले जनताको उपस्थितिमा जनकारबाही गर्ने चेतावनी समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

दोस्रो महिला झापा गोल्डकप : पोखरालाई हराउँदै झापा -११ सेमिफाइनल प्रवेश

झापा । दोस्रो  एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा सजिना स्याङताङको ह्याट्रिकको मद्दतले झापा–११ फुटबल क्लबले आरएस पोखरा ...
मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगरमा वडास्तरीय सार्वजनिक सुनुवाइ, विकास निर्माणदेखि शौचालयसम्म उठे प्रश्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा बिहीबार वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भए...
खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

खुट्टिडाँगी सामुदायिक वनको २७औँ साधारण सभा, आम्दानी बढाउन व्यावसायिक याेजना अघि सारियाे

मेचीनगर । झापाको मेचीनगर–९ स्थित खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारण सभा कात्तिक १५ गते सम्पन्न भएको छ । ...
झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
ne_NPNepali