Skip to main content

Purbi Garjan

जनता विद्रोहको तयारीमा छन्, त्यसको नेतृत्व नेकपाले गर्छ – सुमनसिंह

झाप। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी ले नेपालमा जुनसुकै बेला जनताले विद्रोह गर्न सक्ने परिस्थिति देखा परेको र त्यसको निर्णायक नेतृत्व अग्र भागमा रहेर नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताएका छन्।

आज झापाको सुरुङ्गामा जारी पार्टीको छैठौं जिल्ला बैठकमा आफ्नो धारणा राख्दै नेता सिंहले नेपालमा नयाँ ढंगले विदेशी साम्राज्यवादी शक्तिहरुले षड्यन्त्र गरिरहेको र जनता त्यसको विरुद्ध रहेकाले यसका लागि तयारी अवस्थामा रहन पार्टीका नेताकार्यकर्तालाई निर्देश गरेका छन्।

दलाल पुजीवादी व्यवस्थालाई मिल्काउने ताकत नेकपा सँग रहेको र जनताले समेत एक मात्रै आशा भरोसाका रुपमा अहिले नेकपालाई मानिरहेका बेला अब जित्ने गरीको आन्दोलनको तयारी अवस्थामा रहनुपर्ने बेला आएको उनले बताएका छन्।

हरेक नेपाली जनता अहिलेको साशक र यो व्यवस्थाका विरुद्ध रहेकाले जनता विद्रोहको तयारीमा रहेको र त्यसको नेतृत्व लिन पार्टीका हरेक नेताकार्यकर्ता आफ्नो स्थानबाट तयारी अवस्थामा रहने गरी अघि बढ्न नेता सिंहले निर्देश गरेका छन्।

नेपाली विशेषताको समाजवाद छिट्टै प्राप्त हुने र जनता जितको नजिक रहेकाले संघर्षलाई थप पेचीलो बनाएर अघि बढ्न समेत उनले निर्देशन दिएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali