Skip to main content

Purbi Garjan

अमेरिकाले आफ्नो स्वार्थ अनकुल नचले हसिनाको हालत बनाउँछ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लव सीले बंगलादेशमा शेख हसिना सत्ताच्युत हुनुका पछाडि अमेरिकाको हात रहेको बताएका छन् । मङ्गलबार जनपत्रिका अनलाइनसँग कुरा गर्दै महासचिव विप्लवले हसिनाको सत्ता गुम्नुमा अमेरिकाको मुख्य हात रहेको बताएका हुन् ।

महासचिव विप्लवले पुँजीवादी मुलुकहरुले विश्वका गरिव तथा अविकसित देशहरुलाई जनताको इच्छा बिपरित चलाउने गरेको बताउँदै बंगलादेशको घटना यसकै निरन्तरता जिकिर गरे । ‘गरिव तथा अविकसित देशहरु पुँजीवादीहरुको हित अनकुलका काम गरेर जनताको इच्छा विपरितका काम गरिरहेका हुनछन् ।’, विप्लवले भने, ‘शेख हसिनाले त्यो गरिनन् । अमेरिकाले सैन्य क्याम्प राख्न गरेको प्रस्ताव अस्वीकार गरेका कारण आफूले देश छाड्न परेको हो । उनी आफैले यो बताएकी छन् ।’

हसिनाको सत्ता ढल्नुमा केही आन्तरिक कारण पनि रहेको उनको भनाई छ । ‘त्यहाँका युवा विद्यार्थी राष्ट्रवादी शक्तिहरूलाई चिड्याउने गरेको र उनीहरुको चाहनाहरुलाई सम्बोधन नगर्नुले बिद्रोह हुनु आन्तरिक पक्ष हो ।’, उनले भने, ‘त्यहाँ हुने असन्तुष्टिको फाईदा लिएर साम्राज्यवादी शक्तिहरुले सामरिक महत्व बोकेको सेण्ट मार्टिन टापुमा आइपीएस अन्तर्गत आफ्नो सेना राख्न चाहेको र हसिनाले अमेरिकी प्रस्तावलाई अस्विकार गर्दै बिआरआईसँग हात मिलाउन खोजेपछि अहिले परिस्थिति आएको हो ।’

उनले भने, ‘साम्राज्यवादले देशभित्रको असन्तुष्टि र अस्थिरताको फाईदा उठाएर त्यो राष्ट्रमा आफ्नो दवदवा बढाउने गर्छ । त्यसको सिकार अहिले बंगलादेश भएको छ । जसरी हसिनालाई अमेरिकाले आफ्नो स्वार्थ अनकुल प्रयोग गर्न खोज्यो, त्यसको थोरै पर हसिना गैदिदा आज आफैले विश्वास गरेको प्रतिनिधीलाई समेत साम्राज्यवादले सत्ताच्युत गरेर सडकमा पुर्याउने, जेल हाल्ने समाप्त पार्ने र मार्नेसम्मको काम गर्दै आएको देख्छौं । त्यसको शिकार बंगलादेश भयो।’

जनपत्रिकाका सम्वाददाता शोभराज बरालले नेपालले बंगलादेशबाट सिक्नु पर्ने कुरा के हो भन्ने प्रश्नको जवाफमा उनले आफ्नो देशमा संचालित नीति निर्माणको जिम्मा आन्तरिक रुपमा नै गर्नु पर्ने र नेपाली जनताकै स्वच्छ प्रतिनिधि, जनताकै स्वच्छ निर्णय नेपालकै पार्टीहरु जसले नेपालको परिवर्तनका निम्ति त्याग खुन पसिना बगाएर काम गरिरहेका छ्न उनीहरुकै बुद्धि  विबेकमा देशलाई चलाउनु पर्ने बताए ।

उनले नेपालले सिक्नुपर्ने पाठबारे अझ प्रस्ट पार्दै भने, ‘यहाँका जानाकारहरु, बुद्धीजिविहरु, देशभक्तहरु, युवा विद्यार्थीहरु आउँदै गरेका पुस्ताहरुलाई कुनैपनि विदेशीहरुको उक्साहटमा लाग्न दिनु हुँदैन । अरुले दिएको पुरस्कारमा देश दाउमा राख्नु हुन्न भन्ने सिक्नु पर्छ । साथै विश्वका सबै देशहरुसँग सहकार्यचाँहि गर्नुपर्छ । आफ्नो देशको स्वाभिमानलाई केन्द्रमा राखेर सहकार्य गर्नुपर्छ । कसैको पनि कठपुतली बन्नु हुन्न भन्ने नेपालीको दिमागमा हुन जरुरी छ।’ अन्तरवार्ताको केही समयपछि प्रकाशन गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali