Skip to main content

Purbi Garjan

झापा: विप्लवको नाम बेचेर कसले चलाउँदैछ चन्दाको धन्दा ?

झापा । झापाका विभिन्न विद्यालय तथा संघसंस्थाहरुमा चन्दा आतंक बढिरहेको र त्यसमा पनि नेत्र विक्रम सी “विप्लव” को नाम जोडिएको पाइएपछि नेकपा झापाले सुक्ष्म अनुसन्धान थालेको छ।

केहि दिन अघि पार्टीको समेत नाम जोडिएर समाचार प्रकाशित भएलगत्तै नेकपा र विद्यार्थी संगठन अखिल (समाजवादी ) ले विज्ञप्तिमार्फत त्यसको प्रतिवाद गरेका थिए।

पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको नेपाल कम्युनिस्ट पार्टी चन्दा उठाउन छाडेर श्रम र उत्पादनतर्फ नेताकार्यकर्ता लागि परिरहेका बेला यता चन्दा आतंकमा नाम जोडिएपछी नेकपाले त्यसको अनुसन्धान थालेको नेकपा झापाका इन्चार्ज सुमनसिंह सी ले जानकारी दिएका छन्।

यता विप्लवका नेताकार्यकर्ता उत्पादनतर्फ केन्द्रित रहेका बेला झापाका विभित्र संघसंस्थामा फरक/फरक राजनीतिक दलले चन्दा आतंक तीव्र बनाउँदै उनीहरुले नेत्र विक्रम सी (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नाम बेच्ने गरेको खुलासा भएको छ ।

समाज रुपान्तरण र नेपाली विशेषताको समाजवादका लागि गाउँ–गाउँमा गएर जागरण अभियान सञ्चालन गरिरहेको विप्लव नेकपालाई बदनाम गराउने उद्देश्यले केही राजनीतिक दलले आफ्नो पार्टीको नाम भजाउँदै चन्दा उठाइरहेको पाइएको र तिनिहरुलाई कारबाही गरिने जिल्ला इञ्चार्ज सुमन सिले जानकारी दिए ।

झापामा अहिले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले १० बिघा बढी जमिनमा धान खेती गरेका छन् भने पार्टीका नेताकार्यकर्ता आफ्नै उत्पादनमा जोडिएका छन्।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई आत्मनिर्भर बनाउन विभिन्न पेशा व्यवसायमा संलग्न गराउने नेकपाको केन्द्रीय निति नै रहेको छ।

पछिल्लो समय झापामा विद्यालय भित्रका बेथितिको अन्त्य र शैक्षिक सुधारका लागि विद्यार्थी संगठन अखिल(समाजवादी)ले शैक्षिक सुधार तथा समाजवाद स्थापनाका लागि जागरण अभियान सञ्चालन गर्दै विद्यालयहरुमा सहकार्यका लागि अनुरोध गर्दै आएको छ।

आफूहरुले कुनैपनि विद्यालयमा चन्दा आतङ्क मच्चाउने काम नगरेको तर केही सञ्चार माध्यमले भ्रामक रुपमा आफ्नो विद्यार्थी संगठन तथा पार्टीको नाम जोडेर गलत प्रचार गरेको भन्दै संगठनका जिल्ला इन्चार्ज विनोद सीले विज्ञप्तिमार्फत यस्तो हर्कत नगर्न चेतावनी समेत दिएका छन्।

विशेषगरी पछिल्लो समय माओवादीबाट र विप्लव नेतृत्वको नेकपाबाट अलग्गिएका विभिन्न समहुले झापामा चन्दा आतंक मच्चाएको र केहिले धम्की समेत दिएपनि विप्लवका नेताकार्यकर्ता भने अहिले चन्दा माग्न नआएको व्यवसायीहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali