Skip to main content

Purbi Garjan

मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर। झापाको मेचीनगर -७ इटाभट्टामा राजवंशी समुदायले “दधिकाद” पर्व धुमधाम साथ मनाएका छन्। विशेषगरी नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी समुदायले आज मंगलबार झापाका विभिन्न स्थानमा हर्षोल्लासका साथ दधिकाद पर्व मनाएका हुन् ।

मेचीनगर -७ स्थित बाइरुबारीमा सम्पन्न “दधिकाद” पर्वमा राजवंशी समुदायले पर्व सँग सम्बन्धित विभिन्न ५ वटा खेलहरु खेलाएको स्थानीय युवा बब्लु राजवंशीले जानकारी दिए।

कार्यक्रममा झुला खेल, चिप्ले बाँस खेल, बाँस खेल, भ्यागुते खेल र हाँडी खेल खेलाइएको थियोे । उक्त खेलमा सहभागी मध्य क्रमश झुला खेलमा बुधारु राजवंशी , चिप्ले बाँस खेलमा दुलाल राजवंशी, भ्यागुते खेलमा विशोक राजवंशी, र हाँडी खेलमा ललित राजवंशी र निशान ठाकुर विजयी भएका थिए।

विजयी हुनेहरुलाई विभिन्न विधामा साइकल, चाँदीको माला, घडी , नगद लगायतको पुरस्कारले सम्मान गरिएको थियोे ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाइने परम्परा चलिआएको छ। राजवंशी समुदायले भगवान् कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने परम्परा चलिआएको स्थानीय बब्लु राजवंशीले बताए ।

दधिकाद खेल खेलाउँदा आफ्नो मन चाहेको कुरा पुग्ने विश्वास भएकाले गाउँघरमा यो खेल खेलाउने चलन रहेको छ ।

भजन कीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाइँदै आएको पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali