Skip to main content

Purbi Garjan

मेचीनगर: राजवंशी समुदायले भव्य रुपमा मनाए “दधिकाद” पर्व

मेचीनगर। झापाको मेचीनगर -७ इटाभट्टामा राजवंशी समुदायले “दधिकाद” पर्व धुमधाम साथ मनाएका छन्। विशेषगरी नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले बर्सेनि मनाउँदै आएको परम्परागत दधिकाद पर्व यो वर्ष पनि भव्य रूपमा मनाइएको छ । राजवंशी समुदायले आज मंगलबार झापाका विभिन्न स्थानमा हर्षोल्लासका साथ दधिकाद पर्व मनाएका हुन् ।

मेचीनगर -७ स्थित बाइरुबारीमा सम्पन्न “दधिकाद” पर्वमा राजवंशी समुदायले पर्व सँग सम्बन्धित विभिन्न ५ वटा खेलहरु खेलाएको स्थानीय युवा बब्लु राजवंशीले जानकारी दिए।

कार्यक्रममा झुला खेल, चिप्ले बाँस खेल, बाँस खेल, भ्यागुते खेल र हाँडी खेल खेलाइएको थियोे । उक्त खेलमा सहभागी मध्य क्रमश झुला खेलमा बुधारु राजवंशी , चिप्ले बाँस खेलमा दुलाल राजवंशी, भ्यागुते खेलमा विशोक राजवंशी, र हाँडी खेलमा ललित राजवंशी र निशान ठाकुर विजयी भएका थिए।

विजयी हुनेहरुलाई विभिन्न विधामा साइकल, चाँदीको माला, घडी , नगद लगायतको पुरस्कारले सम्मान गरिएको थियोे ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाइने परम्परा चलिआएको छ। राजवंशी समुदायले भगवान् कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने परम्परा चलिआएको स्थानीय बब्लु राजवंशीले बताए ।

दधिकाद खेल खेलाउँदा आफ्नो मन चाहेको कुरा पुग्ने विश्वास भएकाले गाउँघरमा यो खेल खेलाउने चलन रहेको छ ।

भजन कीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाइँदै आएको पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali