Skip to main content

Purbi Garjan

पुर्वी नाकामा नयाँ शैलीमा तस्करी, कारसहित चालक पक्राउ

मेचीनगर । झापाको मेचीनगर -६ स्थित काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका तीनवटा कार र तस्करीको सामानसहित तीनजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्र्याएको सुराकी पाएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले घटनामा संलग्नलाई सामानसहित पक्राउ गरेको हो ।

कपडा तस्करहरूले कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँमा दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोजै भन्सार अगाडिबाटै सरसामान लैजाने गरेको नयाँ तथ्य खुलेको छ। तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो तस्करीको नयाँ शैली पत्ता लागेको हो ।

नयाँ मेची पुलबाट सोजै भन्सार अगाडिबाट नेपाल भित्रिने ती कारहरूलाई सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीले रोकेर चेकजाँच गर्दा खाली भएर त्यतिकै छाडिदिने गरेका थिए।

कारभित्रको सिट, सिटमुनि र डिक्कीमा सरसामान नभएर छाडिएका ती कारहरूलाई शनिबार दिउँसो साढे ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटेको प्रहरी टोलीले इप्रका काकडभिट्टाको सहयोगमा नियन्त्रणमा लिएर चेकजाँच गर्दा विभिन्न ब्रान्डका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

तस्कर समूहले नयाँ शैली अपनाएर कारको पछाडि भागको ब्याक लाइट हुने ठाउँ दुलो बनाएर त्यहाँभित्र लत्ताकपडा राखेर नेपाल सरसामान भित्राउँदै आइरहेको थियो । यसबारेमा सीमामा तैनाथ सुरक्षाकर्मीले सुइँको समेत पाएका थिएनन् ।

प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कारसहित तीन जना चालकलाई अवैध सामानसहित नियन्त्रणमा लिन सफल भएको हो ।

ती कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार एक सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो ।

ती सामानहरूसहित अन्दाजी २४ लाख बराबरको तीन वटा कार र त्यसका चालकहरू भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन, सोही ठाउँका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोषलाई नियन्त्रणमा लिएको प्रवक्ता चन्दले बताए ।

त्यस्तै शनिबार साँझ ७ बजे मेचीनगर नगरपालिका ६ मेची पुलमा भारततर्फ अवैध रुपमा भन्सार छलेर लुकाइछिपाई लाँदै गरेको सिल्क एन्ड साइन क्रिम १२१ पिस र विभिन्न किसिमका किराना सामान गरी अन्दाजी एक लाख ५१ हजार बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali