Skip to main content

Purbi Garjan

अनेमसंघ(क्रान्तिकारी) कर्णाली प्रदेश भेला सम्पन्न, संयोजकमा सभ्यता सी

सुर्खेत । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कर्णाली प्रदेशको प्रथम भेला तथा प्रशिक्षण सम्पन्न भएको । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले सभ्यता सीकाे संयोजकत्वमा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

भेलाले सदस्यमा ज्ञानु फडेरा, नविना बिक, सुनमाया शाही, दुर्गा राेकाया, कुशुम फडेरा, जानकी शाही, करिश्मा विसी, कमला परियार, शितला विसी, मिना राेकाया , रमना सी, अप्सरा बाेगटी, संगीता बिक, गीता परियार, तुलसा पौडेल, अरूणा बुढाथोकी, किर्ति खरेल, विपना शाही, सर्मिला बिक लगायतको २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले महिला अधिकारका लागि संघर्ष अनिवार्य भएको बताए। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएको समाबेशी तथा महिलाहरुको लागि अनिवार्य अधिकार सुनिश्चित जनयुद्धले स्थापित गरेको दावी गरे ।

कार्यक्रमको प्रमुख अतिथि तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले आफ्नो अधिकार प्राप्तिको लागि दलाल संसदीय व्यवस्था विरुद्ध लड्नुको विकल्प नभएको बताइन् । उनले गणतन्त्र आएपनि महिलाहरुको सम्पूर्ण अधिकार स्थापित नभएको र नेपालमा दलालहरु हाबी भएको बताइन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य धुर्व सी, याेद्दा सी, अनिल सी, सुर्खेत जिल्ला सेक्रेटरी जित सी, अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सी, सहिद परिवार याेजना सी लगायतको आतिथ्यता रहेकाे थियाे । अनु सीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सभ्यता सीले गरेकी थिइन् । कार्यक्रममा प्रभात जनसाँस्कृतिक परिवारको पनि प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali