Skip to main content

Purbi Garjan

मेचीनगर: “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” सफल पार्न सरोकारवाला निकायसंग छलफल 

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ ।
नगरपालिकाले हिजो नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरेको थियो ।
छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी हनन् हुनु वा लैंगिक हिँसा खेप्नु गलत भएको बताइन् । उनले जुनसुकै समुह, लिङ्ग, वर्ग, धर्म वा शारीरिक असक्तले भोग्नुपरेको भएता पनि लैंगिक हिँसा समाजको लागि खराब पक्ष भएको उनको तर्क थियो । यसलाई जरैदेखि निर्मुलन पार्न अब सबै लाग्नुपर्ने उनको भनाइ छ ।
आगामी नाेभेम्वर २५ देखि डिसेम्बर १० तारिख २०२४ सम्म अन्तर्राष्ट्रियस्तरमा मनाईने “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” लाई मेचीनगर क्षेत्रमा पनि विभिन्न रचनात्मक तथा सकरात्मक कार्यक्रम गरि मनाउँन तथा कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।
उनले अब नगरपालिकाको अगुवाइमा नगर क्षेत्रमा रहेका राजनीतिक दल, संघसंस्थालगायत सम्बन्धित सरोकारवालाहरूसंगको समन्वयमा लक्षित कार्यक्रमको आयोजना गर्दै लैंगिक हिँसा विरूद्धकाे अभियान सफल बनाउने तयारी रहेको बताए । यस अभियानलाई सबै मिलेर सफल बनाउन पर्नेमा उनले जोड दिए ।
मेचीनगर महिला विकाश अधिकृत जयन्ती खरेलले सहजीकरण गरेको कार्यक्रममा कार्यपालिका सदस्यहरू कविता मिजार, माया प्याकुरेल, र अञ्जु थापा त्यस्तै संजीवनी महिला विकास केन्द्र अध्यक्ष रेनुका डांगी, मेची उद्योग वाणिज्य संघ उपाध्यक्ष निर्मला भण्डारी, समाज सुधार महिला समूह अध्यक्ष संगिता थापा, नेकपा एमाले नगर कमिटी उपसचिव जानुक ओली, अनेम संघ मेचीनगर अध्यक्ष हेमा सिटौला, नेपाल महिला संघ मेचीनगर कावा सभापति टिका सुवेदी बराल, आफन्त नेपाल प्रमुख सरोज गुरूङ, शक्ति समूह परामर्शदाता रत्ना श्रेष्ठ गुरूङ, सानाहातहरू नेपाल  प्रमुख रमेश गुरूङ, महिला जनचेतना केन्द्र अध्यक्ष सीता गुरुङलगायत सहभागीहरूले आ -आ संघ संस्थाकातर्फबाट सुझाव तथा राय प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali