Skip to main content

Purbi Garjan

मेचीनगर ५ मा तीनदिने माङहिम मेला लाग्दै

प्रविण अधिकारी 

मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए ।

उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका खेलकुद तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम गरिने स्थानीय समाजसेवी दिलिपजंग सुब्बाले बताए ।

लिम्बूहरुको कुल देवताका रुपमा पुजा गरिँदै आएको युमा माङहिम मन्दिर परिसरमा मेला आयोजना हुने भएको हो । शनिबार पत्रकारहरुसँग कुरा गर्दै आयोजक समितिले मेलामा रचना रिमाल, अनु चौधरी लगायतका कलाकारहरु समेत आउने जानकारी दिएको छ।

मेला सम्पन्न गर्न अनुमानित ६ लाख रुपैयाँ लाग्ने र त्यसको ब्यवस्थापन नगरपालिका, वडा र स्थानीय समाजसेवीहरुबाट सहयोग संकलन भइरहेको मेला आयोजक समितिका सचिव डम्बर गिरीले जानकारी दिए।

विगत २२ वर्ष अघिदेखि उक्त स्थानमा माङहिम धार्मिक मेला लाग्दै आइरहेको छ। किरात सव्यतालाई धान्दै आएको युवा पुस्ताले अहिले मन्दिर परिसरमा सरसफाइ तथा रंगरोगनको काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali