Skip to main content

Purbi Garjan

मेचीनगर ५ मा तीनदिने माङहिम मेला लाग्दै

प्रविण अधिकारी 

मेचीनगर । झापाको मेचीनगर -५ स्थित माङ्हिम टोलमा ३ दिने धार्मिक मेला लाग्ने भएको छ। विगतका वर्षहरुझैँ यस वर्षपनि यहि मंसिर ३० गतेदेखि पुष २ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष महेन्द्र लावतीले बताए ।

उक्त धार्मिक सांस्कृतिक मेलामा मंसिर ३० गते पुर्णिामाका दिन पुजापाठ तथा विभित्र सांस्कृतिक नृत्य हुने र बाँकी २ दिन विभिन्न प्रकारका खेलकुद तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम गरिने स्थानीय समाजसेवी दिलिपजंग सुब्बाले बताए ।

लिम्बूहरुको कुल देवताका रुपमा पुजा गरिँदै आएको युमा माङहिम मन्दिर परिसरमा मेला आयोजना हुने भएको हो । शनिबार पत्रकारहरुसँग कुरा गर्दै आयोजक समितिले मेलामा रचना रिमाल, अनु चौधरी लगायतका कलाकारहरु समेत आउने जानकारी दिएको छ।

मेला सम्पन्न गर्न अनुमानित ६ लाख रुपैयाँ लाग्ने र त्यसको ब्यवस्थापन नगरपालिका, वडा र स्थानीय समाजसेवीहरुबाट सहयोग संकलन भइरहेको मेला आयोजक समितिका सचिव डम्बर गिरीले जानकारी दिए।

विगत २२ वर्ष अघिदेखि उक्त स्थानमा माङहिम धार्मिक मेला लाग्दै आइरहेको छ। किरात सव्यतालाई धान्दै आएको युवा पुस्ताले अहिले मन्दिर परिसरमा सरसफाइ तथा रंगरोगनको काम गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali