Skip to main content

Purbi Garjan

गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्ब रिहा गर्न एमसीसी सरोकार समितिले माग गरेको छ।काठमाडौको शङ्खरापुर नगरपालिका वडा न ३ स्थित लफ्सीफेदी बझेनीमा जबर्जस्त सब स्टेशन खडा गरि लाइन बिस्तार गर्न खोजिएको बिरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेकोले उनीहरुलाई रिहा गर्न सरोकार समिति संयोजक भरत सी द्वारा शुक्रबार जारी प्रेस बिज्ञप्ति मार्फत रिहा गर्न माग गरिएको हो।

एमसीसी सरोकार समितिद्वारा जारी बिज्ञप्तिमा लफ्सिफेदी बोझनीका जनतामाथि माघ ३ गते भएको प्रहरी दमनको घटनाप्रति एमसिसी सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

बिज्ञप्तिमा न्यायपूर्ण संघर्षमाथि सरकारले गरेको दमन र प्रहरी ज्यादतीको घोर निन्दा र भर्त्सना गर्दछौँ भन्दै रास्ट्रघाती एमसिसी विरुद्धको जनताको संघर्षमा ऐक्यबद्धता प्रकट गरिएको छ।
त्यस्तै बिज्ञप्तिमा स्वाधीनताको अभियानमा एकीकृत हुन सबै देशभक्त प्रगतिशिल शक्तिहरुमा अनुरोध गर्दछौं समेत भनिएको छ।

लफ्सीफेदीका स्थानीय जनताको अनुमति बिना बिजुलीको प्रशारण लाइन बिस्तार गर्न खोज्दा आफूहरुलाई बिस्थापित गर्न खोजिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन भने आन्दोलनको क्रममा गिरफ्तार गरिएका १३ मध्ये ५ जनालाई अभद्र व्यबहार सम्बन्धि मुद्दा दर्ता गरिएको स्थानीय मोक्तान थेवाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali