Skip to main content

Purbi Garjan

गिरफ्तार नागरिक अविलम्ब रिहा गर्न एमसिसी सरोकार समितिको माग

काठमाडौ। स्थानीयको अनुमतिबिना विद्युतको प्रशारण लाईन बिस्तार विरुद्ध आन्दोलनरत व्यक्तिलाई प्रहरीले पक्राउ गरेकोले उनिहरुलाई अबिलम्ब रिहा गर्न एमसीसी सरोकार समितिले माग गरेको छ।काठमाडौको शङ्खरापुर नगरपालिका वडा न ३ स्थित लफ्सीफेदी बझेनीमा जबर्जस्त सब स्टेशन खडा गरि लाइन बिस्तार गर्न खोजिएको बिरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले पक्राउ गरेकोले उनीहरुलाई रिहा गर्न सरोकार समिति संयोजक भरत सी द्वारा शुक्रबार जारी प्रेस बिज्ञप्ति मार्फत रिहा गर्न माग गरिएको हो।

एमसीसी सरोकार समितिद्वारा जारी बिज्ञप्तिमा लफ्सिफेदी बोझनीका जनतामाथि माघ ३ गते भएको प्रहरी दमनको घटनाप्रति एमसिसी सरोकार समितिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

बिज्ञप्तिमा न्यायपूर्ण संघर्षमाथि सरकारले गरेको दमन र प्रहरी ज्यादतीको घोर निन्दा र भर्त्सना गर्दछौँ भन्दै रास्ट्रघाती एमसिसी विरुद्धको जनताको संघर्षमा ऐक्यबद्धता प्रकट गरिएको छ।
त्यस्तै बिज्ञप्तिमा स्वाधीनताको अभियानमा एकीकृत हुन सबै देशभक्त प्रगतिशिल शक्तिहरुमा अनुरोध गर्दछौं समेत भनिएको छ।

लफ्सीफेदीका स्थानीय जनताको अनुमति बिना बिजुलीको प्रशारण लाइन बिस्तार गर्न खोज्दा आफूहरुलाई बिस्थापित गर्न खोजिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन भने आन्दोलनको क्रममा गिरफ्तार गरिएका १३ मध्ये ५ जनालाई अभद्र व्यबहार सम्बन्धि मुद्दा दर्ता गरिएको स्थानीय मोक्तान थेवाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali