Skip to main content

Purbi Garjan

अखिल (समाजवादी ) को प्रदेश बैठक सम्पन्न, स्ववियु निर्वाचन केन्द्रित छलफल

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन किराँत लिम्बुवान प्रदेश कमिटीले स्ववियु निर्वाचन केन्द्रित दोस्रो पुर्ण बैठक सम्पन्न गरेको छ।

शनिबार झापाको विर्तामोडमा पार्टीका प्रदेश इन्चार्ज दिपेश सी को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्वबियुलाई एउटा अभ्यास जस्तै हेरेर सबैतिर चुनावी मोर्चा बनाउने र प्रयोग गर्ने निति अवलम्बन गरिएको प्रदेश इन्चार्ज नतासा सी ले जानकारी दिइन् ।

पछिल्लो चरणमा भ्रष्टाचारको चरम अखडा बन्दै गएको स्ववियुलाई फेरि विद्यार्थीहरुको हकहितको लागि काम गर्ने थलो बनाउने अभियानमा अखिल (समाजवादी ) अगाडि बढ्ने समेत बैठकले निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपेश सी ले विद्यार्थी भनेको यो देशको खम्बा रहेको बताउँदै हरेक परिवर्तनको जग विद्यार्थी आन्दोलनबाट मात्रै भएकोले अबको समाजवादी आन्दोलनमा समेत अखिल (समाजवादी) ले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी, केन्द्रीय सदस्य अर्जुन सी , विद्यार्थी नेताहरु लगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali