Skip to main content

Purbi Garjan

मेचीनगर अब विकासको ढोका बन्ने दिशामा

नवराज सुवेदी
मेचीनगर । सुदूरपूर्वी सीमामा अवस्थित मेचीनगर नगरपालिका, मुलुकको सीमावर्ती नगर मात्र होइन, यो नेपालको एक महत्वपूर्ण व्यापारिक, सांस्कृतिक र भौगोलिक केन्द्र पनि हो । भारतको पश्चिम बंगालसँग जोडिएको काँकरभिट्टा नाकाले यो नगरलाई ‘पूर्वको ढोका’ को उपनाम दिएको छ । यही भौगोलिक विशेषताका कारण यहाँको पहिचान, व्यापार, यातायात र सेवा क्षेत्रमा छुट्टै बनेको छ ।

मेचीनगरको भौगोलिक बनावट पनि विविधतायुक्त छ । उत्तरमा रमणीय चिया बगानले ढाकिएको इलाका छ भने दक्षिणतिर समथर खेतीयोग्य जमिनहरू छन् । यहाँ गर्मी मौसम लामो हुने र वर्षा राम्रो हुने भएकाले कृषिमा विविधता देखिन्छ । चिया, तरकारी, धान र मकै यस क्षेत्रका प्रमुख उत्पादन हुन् । मेचीनगरको चिया उत्पादनले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाइसकेको छ ।

स्वास्थ्यको दृष्टिकोणले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार भएको छ । मेचीनगरमा हाल नगर अस्पताल, दर्जनौँ स्वास्थ्य चौकी तथा निजी क्लिनिकहरू सञ्चालनमा छन् । प्रसूति सेवा, आकस्मिक सेवा र सल्यक्रियामा समेत सक्षम अस्पताल छन् । यद्यपि, अझै ग्रामीण वडामा सेवा पु¥याउनुपर्ने चुनौती भने बाँकी नै छ ।

पूर्वाधारको विकासले मेचीनगरलाई समृद्ध नगरतर्फ डोर्याइरहेको छ । काँकरभिट्टा–बाहुनडाँगी, धुलाबारी–थोप्लेविरान, बौद्धमोड–इटाभट्टा सडक निर्माण भएका छन् भने स्थानीय सडक सञ्जाललाई सुधार गर्दै सडकहरूको निर्माण तीव्र रूपमा भइरहेको छ । विद्युत् आपूर्ति, खानेपानी वितरण र फोहोर व्यवस्थापनमा पनि ठुला सुधार भएका छन् । सरकारी कार्यालयहरू डिजिटल प्रणालीमा जाँदैछन् भने निजी क्षेत्रका लगानीकर्ताहरू होटल, विद्यालय र उद्योगमा आकर्षित भइरहेका छन् ।

शिक्षाको क्षेत्रमा पनि मेचीनगरले अग्रगमन गरिरहेको छ । सहरका विभिन्न ठाउँमा निजी तथा सामुदायिक विद्यालयहरू सञ्चालनमा छन् । केही विद्यालयहरूले प्राविधिक र व्यवसायिक शिक्षा पनि दिइरहेका छन्, जसले स्थानीय युवाहरूलाई दक्ष बनाइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि यहाँको धुलाबारी क्याम्पस तथा अन्य कलेजहरू मुख्य केन्द्र बन्दै गइरहेका छन् ।

तर, मेचीनगरको विकाससँगै केही चुनौतीहरू पनि देखा परेका छन् । तीव्र शहरीकरणले हरियाली क्षेत्र घटाउँदै लगेको छ भने यातायात व्यवस्थापन अझै व्यवस्थित हुन बाँकी छ । सीमावर्ती क्षेत्र भएकाले तस्करी तथा अवैध कारोबार नियन्त्रण गर्न अझ प्रभावकारी नीति आवश्यक छ ।

समग्रमा हेर्दा, मेचीनगर नगरपालिका एक बदलिँदो सहर हो– जहाँ भौगोलिक सम्भावना, स्वास्थ्य सुधार, पूर्वाधार विस्तार र जनचेतनाको वृद्धि समानान्तर रूपमा अगाडि बढिरहेका छन् । यो नगरको समुन्नत भविष्य सुनिश्चित गर्न योजनाबद्ध विकास, जनसहभागिता र पारदर्शी शासन अनिवार्य हुनेछ । पूर्वको ढोका भनेर चिनिने मेचीनगर अब विकासको ढोका बन्ने दिशामा अग्रसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali