Skip to main content

Purbi Garjan

अस्ट्रेलियामा हुने टप इन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोलीको सहभागिता, तालिका सार्वजनिक

झापा । अस्ट्रेलियाको डार्विनमा आगामी अगस्टमा हुने ‘टप इन्ड टी–२० सिरिज’ मा सहभागी सबै ११ टोलीको टुंगो लागेको छ।

सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी) ले सोमवार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टोलीहरूको नाम सार्वजनिक गरेको हो।

एनटीका अनुसार सिरिजमा सहभागी हुने अन्तर्राष्ट्रिय टोलीहरूमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान रहेका छन्।

त्यस्तै, अस्ट्रेलियाको बिग ब्यास लिग (BBL) अन्तर्गतका हर्बट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार र मेलबर्न रेनेगेड्स का एकेडेमी टोलीहरू पनि प्रतियोगितामा सहभागी हुने भएका छन्।

प्रतियोगितामा दुईवटा स्थानीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएको छ।

सिरिज सन् २०२५ अगस्ट १४ देखि २४ सम्म डार्विनमा आयोजना हुनेछ। नेपाली टोलीले यस सिरिजमार्फत सन् २०२६ को टी–२० विश्वकप एसिया छनोटको तयारी गर्नेछ। उक्त छनोट प्रतियोगिता ओमानमा अक्टोबर १ देखि १७ सम्म सञ्चालन हुने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali