Skip to main content

Purbi Garjan

पार्टीविरोधी गतिविधिमा संलग्न कांग्रेस नेताहरूमाथि कारबाही, ५ जना निष्कासित, १० जना निलम्बित

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीविरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दै विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरूमाथि कारबाही गरेको छ। समितिको २०८२ असार ९ गतेसम्म बसेको बैठकले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध काम गरेका व्यक्तिहरूमाथि निष्कासन तथा निलम्बन गर्ने निर्णय गरेको हो।

समितिका अनुसार, २०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई हराउने नियतले सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यममार्फत असहयोग गरिएको प्रमाणको आधारमा कारबाही गरिएको हो।

१ वर्षका लागि ५ जना निष्कासित

तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा

कास्कीका महासमिति सदस्य तथा गण्डकीका पूर्वमन्त्री कुमार खड्का

लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल

खोटाङका सभापति विष्णुकुमार राई

पर्सा १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता

उनीहरूलाई १ वर्षका लागि पार्टी सदस्यताबाट निष्कासित गरिएको छ। त्यस्तै, धनुषाको लक्ष्मीनीया गाउँपालिका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ।

६ महिना र ३ महिनाका लागि निलम्बन

६ महिना पार्टी सदस्यता निलम्बनमा पर्नेहरूमा धनुषा, कास्की र कैलाली जिल्लाका ९ जना नेता तथा कार्यकर्ता छन्। जसमा धनुषाका:

सबैला नगरपालिकाका सभापति खटरु यादव

धनुषाधाम नगरपालिका–१ का रामवावु यादव

मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव

कास्की–२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली धनगढी उपमहानगर–२ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, जिल्ला सचिव पूर्णकुमार कुँवर, पूर्व महासमिति सदस्य आनन्दराज जोशी, क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्यहरू लेखराज ओझा, सुभाष चन्द र पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी रहेका छन्।

यस्तै, कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि पार्टी सदस्यता निलम्बन गरिएको छ।

अनुशासन समितिले स्पष्टिकरण मागेका व्यक्तिहरूले दिएको जवाफ चित्तबुझ्दो नदेखिएको र प्रमाणका आधारमा कारबाही गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali