Skip to main content

Purbi Garjan

साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपालको कडा प्रतिस्पर्धा आज

झापा । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४६ बजे ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

प्रतियोगिताको साविक विजेता बंगलादेश यसपटक पनि नेपालका लागि सबभन्दा बलियो प्रतिस्पर्धी मानिएको छ। अघिल्लो संस्करण सन् २०२३ मा यी दुई टोली लिग चरण र फाइनलमा आमनेसामने भएका थिए। लिग चरणमा नेपाल ३–१ ले पराजित भएको थियो भने फाइनलमा ३–० को हार बेहोरेको थियो।

सन् २०२२ यता सिनियर महिला टिम तथा अन्य उमेर समूहका खेलमा नेपालले बंगलादेशविरुद्ध जित हासिल गर्न सकेको छैन। त्यसकारण आजको खेल नेपालका लागि विगत तीन वर्षको हारको श्रृंखला तोड्ने अवसरका रूपमा हेरिएको छ।

बंगलादेशको यु-२० टिम सिनियर टिमका अनुभवी खेलाडीले भरिएको हुँदा प्रतियोगिताको सबभन्दा बलियो टिम मानिन्छ। उसले पहिलो खेलमा श्रीलंकामाथि ९–१ को फराकिलो जित दर्ता गरिसकेको छ। उता, नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो। उक्त खेलमा नेपालकी पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेकी थिइन् भने सेनु परियारले दुई गोल गरेकी थिइन्।

यस संस्करणको प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ। लिग चरणमै शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

नेपाली टोली यसप्रकार छन् :
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali