Skip to main content

Purbi Garjan

साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशसँग नेपालको कडा प्रतिस्पर्धा आज

झापा । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४६ बजे ढाकास्थित बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

प्रतियोगिताको साविक विजेता बंगलादेश यसपटक पनि नेपालका लागि सबभन्दा बलियो प्रतिस्पर्धी मानिएको छ। अघिल्लो संस्करण सन् २०२३ मा यी दुई टोली लिग चरण र फाइनलमा आमनेसामने भएका थिए। लिग चरणमा नेपाल ३–१ ले पराजित भएको थियो भने फाइनलमा ३–० को हार बेहोरेको थियो।

सन् २०२२ यता सिनियर महिला टिम तथा अन्य उमेर समूहका खेलमा नेपालले बंगलादेशविरुद्ध जित हासिल गर्न सकेको छैन। त्यसकारण आजको खेल नेपालका लागि विगत तीन वर्षको हारको श्रृंखला तोड्ने अवसरका रूपमा हेरिएको छ।

बंगलादेशको यु-२० टिम सिनियर टिमका अनुभवी खेलाडीले भरिएको हुँदा प्रतियोगिताको सबभन्दा बलियो टिम मानिन्छ। उसले पहिलो खेलमा श्रीलंकामाथि ९–१ को फराकिलो जित दर्ता गरिसकेको छ। उता, नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको थियो। उक्त खेलमा नेपालकी पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेकी थिइन् भने सेनु परियारले दुई गोल गरेकी थिइन्।

यस संस्करणको प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ। लिग चरणमै शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

नेपाली टोली यसप्रकार छन् :
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali