Skip to main content

Purbi Garjan

कपिलवस्तु बस दुर्घटना : घाइते सबैको पहिचान खुल्यो

कपिलवस्तु । आइतबार बिहान कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परी २९ जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुद्धभूमि नगरपालिका–९ स्थित वेलनदीमा अनियन्त्रित भई सडकको दायाँपट्टि पल्टिएको हो।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्यको चन्द्रौटा स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बुटवल रेफर गरिएका घाइतेहरू:

देवी बुढाथोकी, ७७ वर्ष, बागचौर–१०, सल्यान

मोहनलाल बुढाथोकी, ५६ वर्ष, सारदा–१२, सल्यान

श्रीधर अधिकारी, ३५ वर्ष, तुलसीपुर–११, दाङ

सञ्जीवनी अस्पतालमा उपचाररत अन्य घाइतेहरू:

मोतीलाल ऐरी, २८ वर्ष, आठबिसकोट–८, रुकुम पश्चिम

कोसिस गौतम, २१ वर्ष, सोताङ–३, सोलुखुम्बु

अनिता चलाउने, १९ वर्ष, चिद्द कुमाउ–२, सल्यान

सचिला नेपाली, ५२ वर्ष, घोराही, दाङ

टुक कुमारी श्रेष्ठ, ६० वर्ष, सितगंगा–८, अर्घाखाँची

चित्र प्रसाद धिताल, २५ वर्ष, बागचौर–१०, सल्यान

ओम प्रकाश खड्का, ३१ वर्ष, परिवर्तन–३, रोल्पा

रुपा चौधरी, २८ वर्ष, राप्ती–४, दाङ

हेमराज वली, ३९ वर्ष, गंगादेव–३, रोल्पा

खड्कबहादुर पुन, ३९ वर्ष, मादी, पर्वत

भीमबहादुर विक, ४३ वर्ष, छत्रेश्वरी–१, सल्यान

इन्द्रबहादुर विक, ४० वर्ष, बागचौर–४, सल्यान

ललित शर्मा, २१ वर्ष, तुलसीपुर–११, दाङ

सन्दीप वली, ३१ वर्ष, गंगादेव–३, रोल्पा

विशाल बोहरा, २२ वर्ष, आलीताल–४, डडेलधुरा

शर्मिला नेपाली, २४ वर्ष, दंगिशरण–२, दाङ

रश्मि बोहरा, ४२ वर्ष, छत्रेश्वरी–३, सल्यान

वेदबहादुर वली, ३९ वर्ष, घोराही–११, दाङ

प्रारम्भिक अनुमान अनुसार चालकको लापरवाही वा सवारी साधनको प्राविधिक गडबडीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali