Skip to main content

Purbi Garjan

आदिल आलमसहित ३२ खेलाडी प्रारम्भिक प्रशिक्षण टोलीमा, नेपाल विश्वकप छनोटको तयारीमा

झापा । टि–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक क्षेत्रीय छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ३२ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ। राष्ट्रिय टोलीबाट झण्डै तीन वर्ष टाढा रहेका मोहम्मद आदिल आलम पनि प्रारम्भिक टोलीमा परेका छन्।

पूर्वमा नेपाल टि–२० लिगमा फिक्सिङको आरोपमा प्रतिबन्धित रहेका आलम दोष प्रमाणित नभएपछि प्रतिबन्धमुक्त भएका थिए। त्यसयता पहिलो पटक उनले राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा पुनरागमन गरेका हुन्।

प्रारम्भिक टोलीमा यु–१९ टोलीका उदयीमान क्रिकेटर युवराज खत्रीको समेत नाम समावेश गरिएको छ। यस्तै अभिनास बोहोराले भने टोलीमा स्थान बनाउन सकेनन्।

नेपालले यही वर्ष अक्टोबरमा ओमानमा आयोजना हुने टि–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटमा प्रतिस्पर्धा गर्नेछ। छनोट अघि नेपालले अष्ट्रेलिया भ्रमण गर्ने कार्यक्रम छ भने त्यस क्रममा वेस्ट इन्डिजसँग तीन खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ।

आगामी विश्वकपका लागि ९ टोली सहभागी हुने छनोट प्रतियोगितामा सहभागी राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्समा उत्कृष्ट तीनमा पर्ने टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टि–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टि–२० विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ।

प्रारम्भिक टोलीको सूची:
रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा
दिपेन्द्र सिंह ऐरी, गुलशन झा, बसिर अहमेद,  सागर ढकाल, युवराज खत्री, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकार, सन्दीप लामिछाने, ललित राजवंशी, शाहब आलम, कमल सिंह ऐरी, करण केसी, सोमपाल कामी, नन्दन यादव, रिजन ढकाल, प्रतिश जीसी, आकाश चन्द, रुपेश सिंह, बिबेक यादव, अर्जुन घर्ती, किरण ठगुन्ना र आदिल आलम रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali