Skip to main content

Purbi Garjan

झापामा नियमविपरीत भारतीय गाडीको राज, भन्सार र प्रशासन रमिते

मेचीनगर । नेपालका पूर्वी जिल्लाहरूमा भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू दिनहुँजसो निर्वाध रूपमा सञ्चालन भइरहेका छन्। सीमावर्ती क्षेत्र काँकरभिट्टा लगायतका स्थानमा बिहान ८ बजेपछि मात्र भन्सार सुविधा दिने कार्यालय खुल्ने भए पनि त्यसअगावै भारततर्फबाट आउने गाडीहरूको लाम देखिन्छ। कागजमा ती गाडीहरू निजी प्रयोजनका लागि भित्रिएको भनिए पनि व्यवहारमा खुलमखुला भाडामा प्रयोग भइरहेका छन्, जसप्रति स्थानीय बासिन्दा आक्रोशित छन्।

नेपालमा विदेशी सवारीसाधन सञ्चालन गर्न भन्सार प्रज्ञापन अनिवार्य छ। निजी प्रयोजनमा सीमित अवधिका लागि प्रवेश अनुमतिपत्र दिन सकिने व्यवस्था भए पनि पूर्वका धेरै जिल्लामा कुनै प्रक्रिया नपु¥याई गाडी सञ्चालन भइरहेका दृश्यहरूले नियमन प्रणालीको लाचारी देखाउँछ।

सबैभन्दा गम्भीर पक्ष के छ भने—भन्सार कागजात जाँच गर्न बसेका कर्मचारीहरूमै सेटिङ भएको स्थानीयको आरोप छ। उनीहरूकै मिलेमतोमा भारतिय गाडीहरू कागज नहेरी नेपाल प्रवेश गरिरहेका छन्। नेपालबाट भारत फर्कँदा अनिवार्य सुविधा वा प्रज्ञापनपत्र फिर्ता गर्ने नियम छ। तर दैनिक कयौंपटक भाडामा ओहोरदोहोर गर्ने सवारीसाधनको हकमा त्यो नियम लागू हुँदैन । बरु कागजमा केही रकम चेकजाँचमा खटिएका कर्मचारीलाई दिएपछि जतिसुकै पटक ओहोरदोहोर गर्न पाइँने एक सवारी चालक बताउँछन् ।

स्थानिय प्रशासन र यातायात नियमन निकायको मौनता र उदासीनताले समस्या झन् गम्भीर बनेको छ। यस्ता गाडीहरूबाट भाडा असुली हुने, दुर्घटना भएमा कुनै जिम्मेवारी नलिइने, बीमा सुरक्षा नहुनेजस्ता समस्याले यात्रुहरू निरन्तर जोखिममा छन्।

‘‘हामीकहाँ बिहानैदेखि भारततर्फबाट आउने गाडीहरूको लाइन लाग्छ। धेरैजसो गाडी भाडाका लागि ल्याइन्छ, तर नियमन शून्य छ,” काँकरभिट्टाका एक स्थानीय बासिन्दाले बताए। उनका अनुसार सस्तो भाडा र नियम उल्लंघन गर्ने प्रवृत्तिले गर्दा नेपाली सवारी व्यवसायी विस्थापित हुने खतरा बढेको छ।

नेपाल–भारत खुला सिमाना भएकाले आवतजावत सहज छ, तर त्यसकै आडमा भइरहेको मनपरी नियन्त्रण गर्न कडाभन्दा कडा नियमन र समन्वय अत्यावश्यक देखिएको छ। यात्रु सुरक्षादेखि सवारी कर प्रणालीसम्म असर पार्ने यस्ता क्रियाकलापप्रति सम्बन्धित निकाय गम्भीर नबन्ने हो भने यसले निकट भविष्यमा गम्भीर संकट निम्त्याउने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali