मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनीले मेचीनगर क्षेत्रमा रहेको सार्वजनिक प्रयोजनका जग्गाहरू तत्काल हस्तान्तरण नगरे नगरपालिकाले हस्तक्षेप गर्न बाध्य हुने बताएका छन् । आवास कम्पनीले मेचीनगर-६ स्थित सार्वजनिक प्रयोगमा रहेका जग्गाहरु हाल सम्मपनि स्थानीय तह वा सम्वन्धित संस्थाहरुलाई विधिसम्मत हस्तान्तरण नगर्दा समस्या भएको बताउँदै नगरप्रमुख बुढाथोकीले तत्काल उक्त जग्गा हस्तान्तरण गरिनुपर्ने बताए । विगत ३३ वर्ष देखि सम्बन्धित निकायमा यहाँका जनप्रतिनीधि, राजनीतिक, सामाजिक नेतृत्वले निरन्तर प्रयत्न गरिरहयो त्यहि क्रममा हामी २०७९ मा निर्वाचित भएपछी पनि उक्त कार्यलाई अगाडी वढाउन तिव्रता दिइयों उनले भने, पटक पटकको प्रयत्नवाट पनि समस्या समाधानमा राष्ट्रिय आवास कम्पनिले अग्रसरता देखाएन । अब…