झापा । लिड नेपालकी कार्यकारी निर्देशक तथा तेस्रोलिंगी मानवअधिकारकर्मी नुमा लिम्बु (चन्चला)ले कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको निरन्तर बहिष्कारप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। “घरले हेला गर्यो, समाजले अपहेलना गर्यो, अब त राज्यले नै बेवास्ता गर्यो भने हामी कहाँ जाने? कसलाई गुहार्ने?” उनले प्रश्न गरिन्। चन्चलाले राज्य संरचनाभित्रको गहिरो विभेद उजागर गर्दै भनिन्, “जब हामी पनि यही देशका नागरिक हौं, कर तिर्छौं, र नागरिक अधिकारका आधारमा सेवा तथा सुरक्षाको अपेक्षा गर्छौं, तब किन हामी राज्यका नीति, योजना र बजेटबाटै बहिष्कृत हुने?” उनका अनुसार संविधानले सबै नागरिकलाई समानता, सम्मान र सामाजिक न्यायको अधिकार दिएको भए…